साझा नेटवर्क
अनिल खत्री,गुल्मी साउन २४ ।
गुल्मीमा शुक्रवार साँझ जिप दुरघटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा नम्बर ३ गौंडाकोटमा लु २ च ५४७५ नम्बरको जिप दुरघटना हुँदा छत्रदेव गाउँपालिका ४ निवासी ४८ वर्षिय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए ।
दुरर्घटनामा परेर घाइते भएका पाण्डेयलाई उपचारमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेहरु ४ जनाको स्थानिय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ । दुर्घटनामा रेसुङ्गा नगरपालिका बिभिन्न ठाउँमा बस्दै आएका दिपक बिक, शेरबहादुर बिक, बोजेन्द्र र अर्घाखाँची घर भएका कृष्ण पाण्डेय रहेको छन् । घटना स्थलमा स्थानिय नेपाल प्रहरी, शसस्त्र प्रहरीले उद्धार गरेका थिए ।
दुरघटनामा परेको जिप सडकबाट करिव २ सय मिटर तल खसेको छ । शुक्रवार बिहान सत्यवतिगाउँपालिकाको वडानम्बर ६ मा जिपले ठक्कर दिँदा ३ वर्षिय बालिका घाइते भएकी थिइन् । उनको पनि पाल्पामा उपचार भइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend