logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा जिपको ठक्करबाट ३ वर्षिय बालिका घाइते


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी साउन २४ ।
गुल्मीमा जिपले ठक्कर दिँदा ३ वर्षिय बालिका घाइते भएकी छन् । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर ६ खैरेनी बजारमा लु १ ज ३३९१ नम्बरको जिपले ठक्कर दिँदा आयुषी भण्डारी घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

जिपको ठक्करबाट घाइते भएकी वालिकाको स्थानिय मेडिकलमा उपचार पछि पाल्पा पठाइएको (डिएसपी) घलेले बताए । बालिकाको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend