logo
  • शुक्रबार, असोज ९ २०८३

शान्तिश्री परियारको स्वरमा तीजगीत “कम्मरै ढल्कायो” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल ।
पछिल्लो समय अत्यन्तै चर्चामा पुग्न सफल लोक दोहोरि गायीका शान्ति श्री परियारका धेरै गीतहरु बजारमा सार्बजनिक हुनेक्रम बढेको छ । बोल माया, गलबन्दी लगायत थुप्रै गीत करोड क्लबमा पुग्न सफल भएका छन ।

हरितालिका तीज संगै विभिन्न तीज गीत आउने क्रम संगै भर्खरै मात्रै तीजगीत  “कम्मरै ढल्कायो” सार्बजनिक भएको छ । अविरल फिल्म्सको बजार ब्यबस्थापनमा मनु सुनारको प्रस्तुतिमा मनु सुनार , शान्ति श्री परियार, रबिन सुनार को आवाज रहेको छ भने बिशाल परियारको शब्द र रुरु सागर सेन्चुरीको लय रहेको छ ।

अविरल फिल्म्सले बजार ब्यबस्थापन तथा दृश्य निर्माण गरेको भिडियोलाइ बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् । बिकाश, रेजिना, शंकर, रंजिनाको अभिनय रहेको भिडियोमा सगुन शर्माको हेयर तथा मेकअप् रहेको छ । बिनोद बजुरलिको एरेन्ज रहेको गीत मालाश्री स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो ।

हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend