logo
  • मंगलबार, असोज १३ २०८३

त्रिशूलीमा बस खस्यो, ३ जनाकाे मृत्यु, १४ को उद्दार


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं, साउन २४ ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए ।

उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताए। बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन।

ना ६ ख ७४६९ नम्बरको बस धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ सोलाङघाटमा विहान सवा ३ बजे त्रिशुली नदीमा खसेको हो। अहिलेपनि उद्दार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend