logo
  • शुक्रबार, असोज ९ २०८३

लोक दोहोरी प्रतिष्ठान गुल्मीले राष्ट्रिय स्तरका कलाकारसँगै श्रष्टा सम्मान गर्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी साउन २३ ।

लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले राष्ट्रिय स्तरका कलाकारसँगै श्रष्टासम्मान गर्ने भएको छ । प्रतिष्ठान गुल्मीले यहिँ साउन २५ गते संस्थाको छैठौं अधिबेशनको अबसर पारेर उच्च राशीको पुरस्कार सहित सुरु गरेको लोक गायन प्रतियोगिताको उत्कृष्ट छनोट संस्थाको अधिबेशन र ४ जना गुल्मीका फरक बिधाका व्यक्तित्वलाई सम्मान गर्ने भएको हो । गत बैशाख १५ गतेबाट सुरु गरिएको ‘गुल्मी लोकतारा २०७६ सिजन २’ उत्कष्टे छनोट कार्यक्रम गरिदैँ छ । गुल्मी जिल्लाको बिभिन्न ग्रामीण स्थानमा पहिलो चरण १ सय ६७ जनाबाट छनोेट भएका मध्ये अन्तिम उत्कृष्टको लागि १० जना छनोट भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले बताए ।

जिल्ला अधिबेशनको लागि सम्पूर्णका काम भइरहेको संस्थाकी कोषाध्यक्ष गायिका शिलु भट्टराईले बताइन् । अधिबेशनको अबसर पारेर झण्डै २ दर्जन वढि राष्ट्रिय कलाकारहरु र स्थानिय कलाहरुको सांगीतिक प्रस्तुति समेत रहने गायिका शिलु भट्टराईले बताइन् ।

कोको छन् अन्तिम १० जनामा
अन्तिम चरणका लागि धनमायाँ राना मुसिकोट नगरपालिका,खिमा नेपाली सत्यवती गाउँपालिका,झग बहादुर बुढा,कालीगण्डी गाउँपालिका,सम्झना कुँवर इस्मा गाउँपालिका,निश्चल गुरुङ्ग गोर्खा,लालिमायाँ कुँवर सत्यवती गाउँपालिका,लक्ष्मण सुनार गुल्मी दरबार गाउँपालिका,कमल बिक रुरु गाउँपालिका,खिम काउछा धुर्कोट गाउँपालिका,गगन सिंजाली इस्मा गाउँपालिका छनोट भएका हुन् । छनोट भएका प्रतियोगिले अन्तिम चरणको कार्यक्रममा लाइभ म्युजिकमा गाउनु पर्ने नियम बनाईएको अध्यक्ष पन्थले बताए ।

उत्कृष्टले प्रतिभाले कति पाउँछन्
प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, कप र प्रमाणपत्र , द्धितिय हुनेले नगद रु ३० हजार , कप र प्रमाणपत्र, तृतिय हुनेले नगद रु २० हजार कप र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक बसन्त खत्रीले बताए । फाइनल कार्यक्रम अधिबेशनको अबसर पारेर प्रतिष्ठान गुल्मीले राष्ट्रिय स्तरकार कालाकार सहित बिकास दुत, सरसफाई दुत, सामाजिक दुत, श्रेष्टा सम्मान, उत्कृष्ट पत्रकारिता पुस्कार, उत्कृष्ट सदस्य पुरस्कारले बिभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिने अध्यक्ष पन्थले बताए ।

कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने,गाउँघरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उदेश्य रहेको संयोजक खत्रीले बताए । यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत,लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले उदेश्य राखेको छ ।

प्रतिष्ठान गुल्मी शाखाले ०७१ सालमा पनि यस्तो कार्यक्रम गरेको थियो । अडिसनबाट उत्कृष्ट २ जना छनोट गरिे आफ्नै लगानिमा लोक गीत रेकर्ड म्युजिक भिडियो निमार्ण गरिदिएको पन्थले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend