logo
  • मंगलबार, असोज १३ २०८३

प्रशासनको सेवाप्रति सेवाग्रहीदेखि अधिकारकर्मीहरु सन्तुष्टी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी साउन २० ।

एउटै व्यक्तिको प्रयासले भएको परिर्वतन प्रति अधिकारकर्मीले खुसी व्यक्त गरेका छन् । गुल्मीका नागरिक अधिकार कर्मीहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा नागरिकलाई शुसासन दिने कुरामा परिर्वतन ल्याएको बताएका हुन् ।जिल्ला प्रशानस कार्यालय गुल्मीले एक वर्षमा गरेका कार्यक्रमहरु सार्बजनिक कार्यक्रममा नागरिक अधिकार कर्मीहरुले प्रशासनले गरेको सुधारको सिको गर्न आग्रह गरेका थिए । नागरिक अधिकार कर्मीहरु पदमप्रसाद पाण्डेय, बिष्णु भण्डारी, हिरा कुँवर, बिनोद पाण्डेय, गुणानिधी शर्माले एक कार्यालयले गरेका सुधारका कामहरु अरु कार्यालयले पनि सिको गर्नुपर्नेमा जोड दिएका थिए ।

अधिकारकर्मीहरुले सेवाग्रहीले चाहेको सेवा जिल्ला प्रशासनले प्रदान गरेकाले यसको सिको अरु कार्यालयले गरे नागरिकले शास्ती व्यहोर्नु नपर्नेमा जोड दिएका थिए । प्रशासनले भर्याको माथिल्लो सिडीबाट सफा गरेकाले यस्तै सफा गर्ने काम अरु कार्यालयले गरे नागरिकले शुसासनको अनुभूति गर्न सकिने बताएका थिए । अधिकाकर कर्मीहरुले प्रशासनको कार्यालय प्रमुखको बैठमा प्रशासनले गरेका सुधारका कामहरु जिल्लाका हरेका कार्यालयहरुमा हुनुपर्ने वातावरण बनाउन आग्रह गरेका थिए । कार्यालयले एक वर्षमा गरेका कामहरुको बारेमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बिभिन्न कार्यालय प्रमुख, नागरिक अधिकार कर्मी पत्रकारहरुको सहभागितामा सार्बजनिक गरेका थिए ।

अधिकारकर्मीले नागरिक मैत्री सेवा र सेवा ग्राहीको सहजताको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिक सहयता कक्ष स्थापन देखि हुलाक टिकट जस्ता समान्य बितरणले सेवा ग्रहीलाई ठूलो राहत भएको बताएका थिए ।

केके भए सुधार
जिल्ला प्रशासन कार्यालय गुल्मीमा सहायता कक्षले काम बिशेषले गुल्मी प्रशासनमा पुग्ने जो कोहि अलमलिनु पर्ने बाध्यत हटेको छ । सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने गरि प्रशासनकै खर्चमा छपाई २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराइएको छ । प्रशासनको कामकोलागि सेवाग्रहीबाट बाहिर निबेदन लेख्दने बिचौलीहाले चर्को मुल्य लिएर ठग्ने काम भएपछि त्यसको अत्य गर्न प्रशासन कार्यालयमै नागरिक सहायता कक्ष स्थापन गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । बिचौलीहाको अत्यसँगै धेरै क्षेत्रमा गरिएका सुधारहरुको बारेमा गरिएका प्रयासको बारेमा प्रमुख जिल्ला अधिकारीले कार्यक्रममा राखेका थिए ।

जिल्ला प्रशासनमा कुनैपनि काममा लाग्ने सामान्य निबेदन लेख्दा बिचौलिहाले ५ सय देखि १५ सयसम्म लिने गरेको पाइएको थियो । सहायता कक्षबाट हाल दैनिक ५० देखि १ सय जनासम्मको निबेदन लेखिदै आएको छ । प्रशासन कार्यालयमा राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक अरु खर्च नलाग्ने गरि सेवाग्राहीले सेवा लिने बतावारण तय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा डिजिटल वडापत्र,सिसी क्यामरा, निशुल्क इन्टर नेट पनि राख्ने काम पनि भएको छ । यसले कुन शाखाबाट के काम हुन्छ भन्ने जस्ता सेवाग्रहीले एकै ठाउँबाट पाउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ ।

यसले सेवाग्रही बाहिर धेरै रकम खचिर्नु पर्ने बाध्यता अत्य गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । यसले प्रशासनिक काममा सेवाग्रहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको सेवाग्रहीको भनाई छ ।

प्रशासनले कार्यालयसँगै तम्घास बजारमा सिसीटिभी क्यामरा जडान पनि थालनी भएको छ । यसले तम्घास बजारमा हुँने अपराधीक क्रियाकलापहरुलाई रोक्न मद्दत गर्ने उदेश्य राखिएको छ ।

प्रशासनकै पहलमा जिल्ला कारागारमा रहेका कैदी बन्दीलाई कारागार भन्दा पनि सुधार गृह बनाउने प्रयास पनि भएको छ । कैदीबन्दीलाई दिइएको योग शिबिर र सकरात्मक सोचको प्रर्शिक्षण र कारागारमै हाउस वयरिङ्ग तालिमले कैदी बन्दीको जिवनमा सोचमा परिर्वतन ल्याउने काम भएको छ ।

यसले पनि त्यहा रहेका कैदीबन्दीहरुले बन्दी जीवनलाई सुधारहुने अबसर पाएको बताएका थिए । गरिएका कामहरु बाहिर देखाउने भ्नदा पनि सेवाग्रहीले कामको शिलसिलामा अनुभूति मिल्ने गरि परिर्वतनको प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

कति बचत भयो सेवाग्रहरीको
जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकको सेवाप्रवाहलाई सेवामैत्री बनाउनको निम्ति गरेका प्रयासले नागरिकलाई प्रशासनको काममा सहजता मात्रै बनाएको छैन् यसले सेवाग्रहीको आर्थिक रकम पनि बचत गराएको छ । जिल्ला प्रशासनले नागरिकलाई सेवाप्रहमा सहजता ल्याउने शिलसिलामा २ करोड वढि नागरिकको बचत भएको छ । प्रशासनले गरेका बिभिन्न सुधारका कामहरुले सेवाग्रहीको ठूलो आर्थिक रकम पनि बचत भएको हो । प्रशासनले गाउँमै राखेको घुम्ती शिबिरबाट २४ सय जनाको १ करोड ३१ लख रकम बचत भएको छ ।

नागरिता लिन सदरमुकाम तम्घास आउनु पर्ने बाध्यताले धेरै रकम खर्चिनु पर्ने थियो । तर गाउँमै शिबिरले नागरिकले घर छेउँमै सेवा लिन पाउँद उक्त रकम बचत भएको जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । प्रशासनले राहदानी फर्म भर्ने शिलसिलामा लिइने मुल्यामा एकरुपता ल्याउदा पनि ठूलो रकम बचत भएको छ ।

फारम र फोटो खिचेको मुल्य मनोमानी थियो । प्रशासनले फारमसँगै बिलहरु र रकमको एकरुपता तोकेपछि ठूलो रकम बचत भएको छ ।
६९ सय २८ जनाले ल्याएको सेवाबाट २१ लाख रकम बचत भएको छ । प्रशासनले राहदानीको फारम र फाटो खिचको ३ सय मुल्य तोकेको प्रशासकीय अधिकृत पाण्डेयले बताए ।

प्रशासनले राखेको सहायता कक्षाबाट सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने गरि प्रशासनकै खर्चमा निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराइएको छ । सहायता कक्षामा ७३ सय ५९ जना सवाग्रहीले सेवा लिएको प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यक्रममा बताएका थिए ।

सेवाग्रहीले लिएको सेवा प्रवाहबाट नागरिकको ३८ लाख बचत भएको छ । बिचौलिहाले बाहिर निबेदन लेखेको ५ सयदेखि १५ सयसम्म दिने गर्दथे । त्यस्तै बेजिल्ला प्रमाणितमा ३ हजार ८४ प्रति अभिलेख पठाउने काम भएको थियो । त्यसबाट १८ लाख बचत भएको छ । सेवाग्रहीले यस अधि अभिलेख बाहिर झिकाउने गर्दथे । प्रशासनले हुलाक टिकट कार्यालयमै दिने व्यवस्थाबाट २० हजार प्रति टिकटबाट १ लाख बचत भएको छ ।

सेवाग्रहीले हुलाक टिकट हुलाक कार्यालय नगई नजिकै पसलमा ५ रुपैयाँको लाई १० का किन्ने गर्दथे । यसरी प्रशासनले गरेका सुधारका प्रयासबाट सेवा प्रवाहमा सुधारसँगै आर्थिक रकम बचत भएकाले अधिकारकर्मीले प्रशासनको कामको प्रशंसा गरेका थिए ।

झण्डै ३ करोड राजस्व संकलन
प्रशासनले एक वर्षमा २ करोड वढि राजस्व संकलन गरेको छ । कार्यालयहरु मध्ये धेरै राजस्व संकलन गर्ने कार्यालयमा जिल्ला प्रशासन कार्यालय गुल्मी रहेको छ ।

एक वर्षमा २ करोड ६२ लाख ८१ हजार राजस्वर संकलन भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । एक वर्षमा जिल्ला भर भबितव्य र अरु बिभिन्न कारमा १ सय १ सय २३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend