logo
  • मंगलबार, असोज १३ २०८३

मालिकामा कर्मचारीको क्षमता बिकास गर्न सामुहिक छलफल


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी साउन १६ ।
कर्मचारीको क्षमता बिकास गर्न भन्दै मालिका गाउँपालिका गुल्मीमा २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । जिल्लाको मालिका गाउँपालिकाको आयोजनामा पालिका भित्रका ८ वटै वडाका ३५ जना भन्दा वढि कर्मचारीहरु सहभागिताका कार्यक्रम सुरु गरिएको हो ।

गाउँपालिकाले गर्ने कामहरुलाई प्रभावकारी बनाउने र गत आर्थिक वर्षमा भएका कामहरुको समिक्षा र आगामी आर्थिक वर्षमा गरिने कामहरुको योजनाबद्ध छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । बिहिवारबाट सुरु भएको कार्यक्रम शुक्रवार चल्नेछ ।

कार्यक्रममा सहभागिहरुले आगामी आर्थिक वर्षमा ०७६÷०७७ मा छुट्टाईएका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएका थिए । नयाँ आर्थिक वर्षको सुरुवातमा सञ्चालन गरिएको यो तालिमले गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहलाई चुस्ता प्रभावकारी बनाउन उपलब्धी मुलक रहेने प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

पालिका भित्रका कर्मचारीहरु बिच गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सहजीकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend