logo
  • मंगलबार, असोज १३ २०८३

खेतमा पानी लगाउने क्रममा बिवाद हुँदा एकजनाको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी साउन १५ ।
गुल्मीमा गएराती खेतमा पानी लगाउने क्रममा बिवाद हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको माुसिकोट नगरपालिका वडा नम्बर ३ नौघाटे खेतमा पानी लगाउने क्रममा ४५ वर्षिय लक्ष्मण कुमालले धारिलो हतियारले हानेर ५० वर्षिय मोतिलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए ।

बुधवार राती खेतमा पानी लगाउने क्रममा दुइजना बिच बिवाद हुँदा धारिलो हतियारले हानेर मोतलिालको खेतमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नयव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

वामी प्रहरीले नियन्त्रमा लिएर बयान लिने क्रमममा हसियाले हानेर मारेको स्वीकार गरेको घलेले बताए । प्रहरीको नियन्त्रणमा रहेका लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय ल्याइदैँ छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend