logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीको छपचौरमा घर भत्कियो, १ जनाको मृत्यु ५ घाइते


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सज्जन ढकाल, काठमाडौ साउन १२ ।
कालीगण्डकी गाउँपालिका ७ भुर्तुङ छापचौर टुनिखोलामा ११ गते सनिबार राती ११ बजे घर भत्कदा १जनाको मृत्यु र ५ जना घाइते भएका छन । घरले च्यापेर १३ वार्षिय चुन्न परियारको घटना स्थलमै मृत्यु भएको छ ।

५ जना खिमा परियार, प्रदिप परियार, साजन परियार, सोनि परियार, भेष कुमार परियार घाइते भएका छन। घाइते हरुलाइ थप उपचारको लागि हस्पिटल पठाइयको छ । भुर्तुङ छापचौरका स्थानिय बासिन्दा हरुले तत्काल घटना स्थलमा सहभागी हुँदै उद्दार गरेका थिए।

घाइते सबैलाइ घरले च्यापेको अवस्थामा स्थानियले जिबितै उद्दार गर्न सफल भयका हुन । तत्काल स्थानिय बासिन्दाले उद्धार कार्य गरेकाले थप मानबिय क्षति हुनबाट जोगियको हो ।

खेतीपाती लगाउने बर्ख्रा यामको समयमा रोपाइ सकेर घरमा खानपिन गरि बसेका सबै आफन्त जनहरुहुन । २०७२ बैशाख १२ को बिनासकारी भुकम्पबाट जिर्ण घर र निकै पुरानो घर रहेको कारणले घर भत्कियको हो । साथै पसु चौपायको पनि घरले च्यापेर मृत्यु भयको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend