साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १२ ।
गएराती अबिरल वर्षासँगै गुल्मीमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ का छापचौर निवासी १३ वर्षिय सुने परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताउनु भयो ।
पहिरोले घर पुरिदाँ घरमा सुति रहेका बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार पहिरोले बिष्णु परियारको २ तले कच्ची घर पुरेको हो ।
पहिरोमा परेर २८ वर्षिय चिना परियार, १२ वर्षिय साजन परियार १० महिनाको सोहि परियार ३५ वर्षिय यम बहादुर परियार, २५ वर्षिय भेष परियार घाइते भएको प्रहरी उपरिक्षक बस्नेतले बताउनु भयो ।
घाईते भएकाहरुलाई स्थानिय मेडिकलमा सामान्य उपचार पछि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमै गएको मंलवार सत्यवतिका २ वटा वडामा पहिरोमा परेर १३ जनाको मृत्यु भएको थियो ।
लिम्घा र ठूलोलुम्पेकमा ३ वटा घर पहिरोले पुरिदाँ २ जना घाइते भएका थिए । घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ । पहिरो प्रभावित क्षेत्रमा ६ सय वढि मानिस सुरक्षित स्थानमा सारिएको छ । पहिरोमा परेर ३ सय वढि पशुचौपायाँ मरेको अनुमान छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend