logo
  • शुक्रबार, असोज ९ २०८३

रामचन्द्र चन्दको तिजगित “प्रदेशी भाइ” ले चर्चा बटुल्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बाबुराम थापा, गुल्मी ।
नारीहरुको महान चाड हरितालिका तीज २०७६ लक्षित गीतहरु प्रसस्त मात्रामा बजारमा आइरहेका छन् । यसरी बजारमा आएका गीतहरु थोरै मात्रामा तीजको मर्म लुकेको गीतहरु बजार रहेका छन् । यसै सेरोफेरो भित्र अर्को एक मौलिक र सम्बन्धित पर्वको मर्म लुकेको गीत “परदेशी भाई” बोलको गीत भर्खरै बजारमा आएको छ ।

ब्यवसाहिकताको नाममा यसरी बजारमा आउने गीतको तुलनामा यो मौलिक र सामाजिक यथार्थफरक गीतले दर्शक तथा श्रोताहरुको माया प्राप्त गरिरहेको छ।

गीतलाई लय रामचन्द्र चन्दले भरेका छन भने शब्द अनिल खनालले भरेका छन् । “परदेशी भाई” बोलको तीज गीतमा रामचन्द्र चन्द र वर्षा मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोमा बेगम नेपाली, अम्बिका गौतम र अमित चन्दको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा सम्पादन हुम गैरेले गरेका हुन् भने छायांकन टंक केसीले गरेका छन् ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend