logo
  • शुक्रबार, असोज ९ २०८३

जिल्ला अदालत गुल्मीमा लक्ष्य भन्दा बढि ९.४४ प्रतिशत मुद्धा फर्छयौट


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी श्रावण ३।
जिल्ला अदालत गुल्मीले आव ०७२÷७३ मा ७६.५२ प्रतिशत मुद्धा फर्छयौट गरेको छ । जिल्ला अदालत गुल्मीमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ८७ र नयाँ दर्ता मुद्धा संख्या ३ सय २२ गरी ४ सय ९ मुद्धामा ३ सय १३ मुद्धा फर्छयौट भएका छन् । जिल्ला न्याधिस मातृका प्रसाद मरासिनीले यस बर्ष लक्ष्य भन्दा ९.४४ प्रतिशत मुद्धा फर्छयौट भएको जानकारी दिनुभयो ।13706231_1119874281411271_323957025_n

अदालतमा १ बर्ष नाघेका मुद्धाको संख्या शुन्य छ । ६ महिना देखि १ बर्ष भित्रका २३ थान मुद्धा र अन्य ७३ थान मुद्धा ६ महिना भित्रका रहेको श्रेष्तेदार श्याम बिहारी मौर्यले जानकारी दिनुभयो । तुलनात्मक रुपमा हेर्दा आव ०७०÷७१ मा ७०.०८ प्रतिशत र ०७१÷७२ मा ७७.३४ प्रतिशत मुद्धा फर्छयौट भएका थिए । त्यस्तै फैसला कार्यान्वयन तर्फ जिम्मेवारी सरी आएका निवेदन ६ थान, नयाँ दर्ता ४२ गरी ४८ थान मध्ये ३७ थान अर्थात ७७. ०८ प्रतिशत फर्छयौट भएका छन् । फैसला कार्यान्वयनको स्थितीलाई तुलनात्मक रुपमा हेर्दा आव ०७०÷७१ मा ७६.३६ प्रतिशत र ०७१÷७२ मा ८७.५ प्रतिशत फर्छयौट भएको थियो । जिल्ला अदालतले यस आवमा १ महिला र ४ पुरुष गरी ५ जनालाई थुनुवा मुद्धा चलाएको छ ।

कैद तर्फ अदालतले जिम्मेवारी सरी आएको र यस बर्षको गरी ६ सय १४ बर्ष ३ महिला ९ दिन १२ घण्टा मध्ये १ सय १ बर्ष १ महिना २८ दिन फर्छयौट गरेको श्रेष्तेदार मार्यले जानकारी दिनुभयो । जरिवाना तर्फ जिम्मेवारी सरी आएको र यस बर्षको ४७ साल २८ हजार ७ सय ७ रुपैयाँ ६४ पैसामा ९ लाख २४ हजार २ सय ८७ रुपैयाँ ३३ पैसा फर्छयौट भएको जिल्ला अदालतले जनाएको छ । यसैगरी मेलमिलापमा पठाएका २९ मा १० वटा मेलमिलाप भएको र १६ फिर्ता तथा ३ वटा मेलमिलापको क्रममा रहेका छन् । अदालतले ०७३ साउन २ गते मुद्धाहरुको लगत फर्छयौट तथा बाँकी विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा अदालतका महत्वपूर्ण बिषयवस्तुहरको बारेमा जानकारी गराउँदै न्याधिस मरासिनीले यस बर्ष कार्यालयको नियमित क्रियाकलाप र लक्ष्य संगै अरु पृथक कार्य हुने जानकारी दिनुभयो । गुल्मी जिल्ला अदालतमा सवै काम कम्प्युटर प्रणालीबाट भएका छन् । बि.स. १९८१ साल सम्मका पुराना मुद्धाका अभिलेखहरु पनि कम्प्युटर प्रणालीमा राखिएको उहाँले जानकारी दिनुभयो । अरु जिल्लामा भन्दा टेक्नोलोजीको पाटोमा गुल्मी अदालत अगाडी छ, मरासिनीले भन्नुभयो‘ केहि नयाँ योजना छन् नयाँ तरिकाले गर्छौ । आव ०७२÷७३ मा जनता र अदालत विचको सम्बन्ध सुमधुर र नजिक बनाउन जिल्ला विभिन्न स्थानमा न्यायिक संबाद कार्यक्रम गरेको जिल्ला अदालतले यो आ.व.मा रेडियो संवाद गर्ने भएको छ ।

जनतालाई घरमै बसेर अदालतको काम काबार्हि र प्रक्रियाको बारेमा जानकारी गराउने उदेश्यले पाक्षिक रुपमा जिल्लाका सवै एफ.एम रेडियोहरुबाट संवाद संचालन गर्ने योजना रहेको न्याधिस मरासिनी पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । त्यस्तै उहाँले अदालतले जरिवाना फैसलाका तर धेरै बर्षदेखि सम्पर्कमा नआएकाहरुलाई अभियाननै संचालन गरेर असुलउपर गराउने बताउनुभयो । अभियान संचालन भएको बेला सम्पर्क आई जरिवाना तिर्नेको २५ प्रतिशत छुट हुने व्यावस्था छ । साथै त्यस्ता व्यक्तिलाई अदालतमा ल्याएर जरिवाना असुलउपर गराने व्यक्तिलाई समेत जरिवानाको २५ प्रतिशत पुरस्कारको रुपमा प्रदान गरिने अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend