logo
  • मंगलबार, असोज १३ २०८३

इस्मा गाउँपालिकाद्धारा पहिरो पीडितलाई डेढ लाख सहयोग जनप्रतिनिधी र कर्मचारीले एक दिनको तवल दिने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी साउन ९ ।
सत्यवति गाउँपालिकाका पहिरो पीडितहरुलाई इस्मा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । इस्मा गाउँकार्यपालिकाको बिहिबार बसेको बैठकले एक लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले जानकारी दिए ।अविरल बर्षासंगै आएको पहिरोले मंगलबार सत्यवति गाउँपालिका वडा नं ४ को लिम्घा र वडा नं ३ को ठुलोलुम्पेकमा भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै कार्यपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

‘बिपतको सीमा र भुगोल हुँदैन, सत्यवतिको दुख हाम्रो पनि हो, गाउँपालिका प्रमुख बिष्टले भने, यो सहयोगले स्थानीय सरकार बिचको समन्वय र सहयोगलाई प्रगाढ बनाउँछ ।’ यो आर्थिक सहयोग जिल्ला विपत् व्यावस्थापन समिति मार्फत पीडित परिवारसम्म पु¥याउने बिष्टले जानकारी दिए ।

उनले तत्काल राहत स्वरुप गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गरेको बताउँदै पुर्नस्थापना र एकिकृत बस्ती विकासको निम्ती अरु स्थानीय तहहरुसंगै समन्वय गरेर काम गर्ने बिष्टले बताए ।

कर्मचारी र जनप्रतिनिधीको एक दिनको तलव दिने

इस्मा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव पहिरो पीडितलाई प्रदान गर्ने भएका छन् । सत्यवति गाउँपालिका वडा नं ३ र ४ को पहिरोमा परेर १३ जना मृत्यु भएको थियो । २ जना घाइते छन् । करिव ६ सय घर परिवार बिस्थापित भएका छन् । दिंवगत प्रति समवेदना, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिस्थापित परिवारको दुःखमा केहि भएपनि सहयोग पु¥याउन एक दिनको तलव प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

स्थानीय सरकार सहयोगमा जुट्दै

सत्यवति गाउँपालिकाको दुखमा सवै स्थानीय सरकार जुट्न थालेका छन् । सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोले पुराएको मानवीय तथा भौतिक क्षति प्रति अरु स्थानीय तहले दुख व्यक्त गरेका छन् ।

छिमेकी स्थानीय तह मुसिकोट नगरपालिकाले पहिरो पीडितको लागि आर्थिक सहयोगसंगै बिस्थापित परिवारको एकिकृत बस्ती निर्माणमा सहयोग पु¥याउने मेयर सोमनाथ सापकोटाले बताए ।

त्यस्तै धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले अरु स्थानीय तहसंगको समन्वयमा साझा धारणा र सहयोग गर्ने बताए । रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमले अहिले आफुहरुको पहलमा विभिन्न संघ संस्थाले दुई लाख र अरु जिन्सी सामग्री संकलन गरेर पीडित परिवारलाई प्रदान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend