logo
  • मंगलबार, असोज १३ २०८३

सेभ द चिल्ड्रेन तथा कालिका विकास केन्द्रकाे साझेदारीमा संचालित प्रायाेजित कार्यक्रम स्थानिय सरकारमा हस्तान्तरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

रमेश गिरी,प्यूठान साउन ७ ।

सेभ द चिल्ड्रेन तथा कालिका विकास केन्द्रकाे साझेदारीमा संचालित साझा उद्धेश्यमा प्रायाेजित कार्यक्रमलाई स्थानिय सरकारमा हस्तान्तरण गरिएकाे छ ।विगत १० वर्ष यता प्युठान जिल्लाका विभिन्न ठाउँमा सेभ द चिल्ड्रेन तथा कालिका विकास केन्द्रले बालवालिकाका क्षेत्रमा काम गर्दै अाएकाे थियाे । अबका दिनमा सबै काम कारवाहीहरू स्थानीय सरकारलाई हस्तान्तरण गर्ने क्रममा अाज प्युठान नगरपालिका वडा न. ९ र १० मा पनि हस्तान्तरण गरीएकाे छ ।
हस्तान्तरण कार्यक्रमकाे अध्यक्षता प्युठान नगरपालिका वडा न.९ का वडा अध्यक्ष नेहरसिंह केसी ले गर्नु भएकाे थियाे उक्त कार्यक्रममा वडा सदस्य, वडा न. ९ र १० का वडा सचिब, विभिन्न विद्यालयका प्र.अ, फाेकल टिचर , स्वस्थ्य चाैकि प्रमुख प्रहरी चाैकी प्रमुख ,बाल क्लब ,बाल संजाल तथा अन्य क्षेत्रका महानुभावहरूकाे उपस्थिति थियोे ।
कार्यक्रमले अहिलेसम्म गरेका विभिन्न कामकाे बारेमा कालिका विकास केन्द्रका समुदाय परिचालन अधिकृत खुम बहादुर थापाले जानकारी गराउनु भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend