साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन ७।
गुल्मी गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेप्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीद्धारा दुख ब्यक्त गरेका छन् । जिल्लाको सत्यवक्ति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरेका छन् ।
ज्ञावलीले उद्धार राहतको लागि कुनैपनि कशुर बाकी नराखी जुटन आग्रह गरेका छन् । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवालीको निर्वाचन क्षेत्र हो । पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएका छन् ।
गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो । उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल तर्फ लागेको छ । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए ।
ठूलो पहिरो खसेकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा वढि समय लाग्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend