logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा पहिरो जादा ६ जनाको मृत्यु, केही बेपत्ता उद्दार जारी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क, गुल्मी साउन ७ ।
गएरातिदेखि परेको अविरल बर्षाका कारण गुल्मीको सत्यावती गाउँपालिका वडा नं ३ ठुलोलुम्पेक कुसुङथलामा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । थप दुई जना घाईते भएका छन् ।

राति घरमा भल पस्दा स्थानीय तिलबहादुर तरामुकि ३० बर्षीय तिलकुमारी तरामु र छोरा १० बर्षका दर्शन तरामुको मृत्यु भएको हो ।

यस्तै उनकी १२ बर्षीया छोरी करिश्मा र १४ बर्षीकी छोरी धनी तरामु घाइते भएको स्थानीयले बताएका छन् । अहिले पनि पानी परिरहेकाले उपचारको लागि लैजान समस्या भइरहेको स्थानीयले बताएका छन् ।

यसैबीच, सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । शवको पहिचान हुन सकेको छैन । चार वटा घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले जानकारी दिए । स्थानीयको र प्रहरीको टोलीले उद्दार कार्य सुरु गरेको छ ।

यस्तै सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । घरमा रहेका रुद्ध बहादुर बिक र उनकी आमा बेपता रहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend