logo
  • मंगलबार, असोज १३ २०८३

पोखरीमा डुबेका तिर्थयात्रीलाई ट्राफिक जवानले बचाए


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी साउन ६ ।

गुल्मीको रेसुङ्गा पोखरीमा नुहाउने क्रममा डुबेरका तिर्थयात्राीलाई ट्राफिक प्रहरीले बचाएका छन् । रेसुङ्गामा चलेको साउने मेलामा सोमबार तिर्थ तथा नुहाउन पोखरीमा नुहाउने क्रममा डुबेका रेसुङ्गा नगरपालिका वडा नम्बर ६ ठूलाचेक्मी निवासी परमानन्द मरासिनीलाई रेसुङ्गा क्षेत्रमा खटिएका ट्राफिक प्रहरी जवानले बचाएका हुन् ।नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने आंैषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ ।

धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

बिहानै रेसुङ्गा क्षेत्रको अबलोकन र पोखरीमा नुहाउने भन्दै पुगेका मरासिनी पोखरीमा नुहाउने क्रममा एक्कासी पोखरीमा डुबेका थिए । मरासिनी डुबेरको देखेर नजिकै रहेका अरु भत्तजनले चिच्चाएपछि ट्राफिक प्रहरीका जवान लोकमणी घिमिरेले बचाएका हुन् । पोखरीको पानीमा डुबेका मरासिनीलाई ट्राफिक प्रहरीका जवान घिमिरेले बर्दि लगाएकै अबस्थामा आफना खल्तीमा भएका सामाग्री सहित पानीमा पसेर बचाए थिए ।

पोखरीमा नुहाउन पुग्नेहरुको लागि मरासिनिले विशेष ध्यान दिनको लागि आग्रह गर्दै पोखरीको अबस्था बारे सबैले बुझने गरि पानीको अबस्था बारे जानकारी लिन सुकिने गरि सिंगल राख्नुपर्ने मरासिनीले बताए । आफुनुहाउने क्रममा पानीको अबस्था थाहा नहुदा डुबेको बताए ।

पहिलो पटक रेसुङ्गा पुग्ने तिर्थयात्रीलाई पोखरीको पानीको अबस्था बारे जानकार्ी लिने माध्यम अनिवार्य हुनुनपर्नेमा जोड दिए । उनले प्रहरी जवानले आफुलाई बचाएको धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend