साझा नेटवर्क
विमल खड्का, बाग्लुङ श्रावण ३।
बाग्लुङ जिल्लाको पश्चिम क्षेत्र ग्वालिचौर गाउबिकास समिति वडा नम्बर ७ भिरकटेरामा रहेको चमेरो गुफा उचित प्रचारप्रसार नहुदा ओझेलमा परेको छ । हेर्दा अपठ्यारो भिर देखिने बस्ती भन्दा तलतिर रहेको यो गुफामा भगवानका चित्र तथा चमेराहरुको बाक्लो बास स्थान रहेकाले यसलाई चमेरे गुफा भनेर नाम राखिएको जनबिश्वास रहदै आएको छ ।
गुफा नजिकै पुग्दा पानीको आवाज आउने तथा भित्र पसेपछि पानीको ताल देखिने र हिउदमा पानी सुक्ने स्थानिय मेषनाथ खरेलले बताउनुभयो । गुफा भित्र हेर्दा अध्यारो देखिने र उज्यालोको साहायताले भित्रि भागमा जान सकिने तथा गुफा भित्र पसेपछि चिसोको अभास चमेराको बस्ती तथा देबिदेवताको मुर्तिका साथै अन्य मनोमहक दृष्य देख्न पाईन्छ ।
यस क्षेत्र पर्यटकीय हिसाबले पनि अत्यन्तै सम्भावना भएकाले यस ठाउको बिकासका लागी कुनै निकायबाट पनि पहल हुन सकेको छैन । प्राकृतिक रुपमा पनि अत्यन्तै शुन्दर यस गुफालाई आवश्यक पुर्वाधार निमार्ण गरि अन्तराष्ट्रिय स्तरमै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न सकिन्छ ।
जस्बाट स्थानिय बासीको जिवन स्तर उकास्न सहयोग पुग्नुको साथै राष्ट्रलाई आर्थिक रुपमा समृद्धी तर्फ लैजाने सकिने स्थानीयवासी बताउछन । यस गुफालाई उचित प्रचार प्रचार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सके देशमा आर्थिक रुपले अगाडी बढ्ने थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend