logo
  • शुक्रबार, असोज ९ २०८३

ज्योति मगर र रुद्रसेन विश्वर्कमाको मैथिली गित “कानोमे आँहाके झुम्का” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ ।
चर्चित गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योति मगरको सुमधुर आवाजमा रहेको मैथिली गित “कानोमे आँहाके झुम्का” सार्बजनिक भएको छ । दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन बिस्वकर्मा र नेपाली सांगीतिक क्षेत्रकि चर्चित गायिका ज्योति मगरको स्वरमा रहेको दिवानी एल्बमबाट मैथिली गित “कानोमे आँहाके झुम्का” भर्खरै मात्र आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा आएको छ ।

शब्द तथा संगीत गायक रुद्रसेन बिश्वकर्माको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend