साझा नेटवर्क
सज्जन ढकाल, काठमाडौ साउन ५ ।
भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा न १० चित्तपुलमा बिकास परियारले खुकुरीको दाव गराउदै मासिक ३५ देखि ५० हजार कमाइ गर्न सफल भएका छन । हिन्दुहरुको पबित्र धार्मिक स्थल तथा पर्यटकिय क्षेत्र भक्तपुर र काब्रे जिल्लाको सिमाना सागा १४२ फिट अग्लो शिव मुर्ति देखि केही तल चित्तपुलको आफ्नै निवासमा यो ब्यससाय सन्चालन गरेका छन ।

उमेरले झन्डै ३३ वसन्त पार गरिसकेका बिकास हसिलो मुद्रामा काम गरिरहेका थिए ।पछिल्लो समयमा बिदेसिन रहर गर्ने युवा हरुलाइ स्वदेसमा केही गर्न सकिन्छ मिहिनेत र परिश्रम गरे स्वदेसमै राम्रो कमाइ गर्न सकिने भयकाले नेपालका अन्य युवा हरुलाइ बिदेस नजान उनको आग्रज पनि थियो । विशेष गरि बिकासले उत्पादन गरेका खुकुरिको दाव राजधानिको बसन्तपुर, ठमेल, आर्मी क्याम्प लगायत देश विदेशमा पनि निर्यात हुने गरेको छ ।
प्रतिपिस १८० देखि ४ हजार मुल्यमा बिक्री बितरण गरिदै आएको छ । वर्तमान अवस्थामा यशको माग निकै रहेको र माग अनुसार पुर्याउन सकिएको छैन । यश क्षेत्रमा यस ब्यवसाय सन्चालन गर्ने १० घर मात्र रहेको उनले साझा नेटवर्कलाई जानकारी गराए । विशेष गरि यस क्षेत्रमा स्थाइ रुपमा ब्यवसाय सन्चालन गर्ने ५ घर रहेका छन । यश ब्यवसायलाई आगामी दिनमा झन बढाउदै लैजाने र एक जनालाई रोजगार उपलब्ध समेत गरायका छ्न ।
विशेष गरि यस्को लागि प्रयोग हुने काठ लहरेपिपल उत्तिस सिमल लगायत अन्य काठको गराउदै आइयको छ । अन्य काठको पनि गराउन सकिन्छ तर काठ कडा हुने भएकाले मेहनत बढी लाग्ने हुदा मूल्य बढी हुने गर्दछ । यश काम गाउमा अन्यले गरेको देखेर सिक्न जादा जाँदै सिकेर अन्त्यमा यश ब्यवसाय आफुले थालनि गरेको पनि बताउनु भयो । एक दिनमा एक ब्यक्तिले साइज हेरिकन २५ पिस बनाउन सक्ने उनले बताए ।
यस ब्यवसायबाट आफू निकै सन्तुष्ट रहनुका साथै विदेशी भुमिमा पसिना बगाउनु भन्दा आफ्नै देसमा परिवारका साथ बस्नुको आनन्द छुट्टै हुने गरेको पनि हामी सङ्गको प्रत्यक्ष कुराकानिमा बताउनु भयो । यश कामको लागि आफुलाइ श्रीमतिले पनि हर समय सघाउनुका साथै भारी काम नभएर बसेर गर्ने कार्य भएकाले महिला पुरुस सबैले गर्न सकिने हुदा आफुलाइ यश ब्यवसाय सन्चालन गर्न सहज भएको बताउनु भयो ।
नेपालमा पछिल्लो समयमा युवाहरु बिदेसिनु भन्दा स्वदेसमै उध्यमसिल बन्ने लहर पनि चलेको देख्न सकिन्छ । तर कतिपय युवाहरु सरकारी अनुदान र ऋणमा प्रसासनिक जटिलताका कारण केही दक्ष युवा विदेशी रहेका छन । पौरखी युवाहरुलाइ अनुदान र सहज बाताबरण नहुदा उत्पादित सामाग्री बिक्रीको लागि बजार नपाएको कतिपय ब्यवसाय धरापमा पनि परेका उदाहरण हाम्रै समाजमा प्रसस्तै मात्रामा देख्न सकिन्छ ।
पौरखी युवा ब्यवसायिहरुलाइ स्वदेशमा कर्मसिल गराउन नेपाल सरकारले युवा लक्षित विभिन्न योजना ल्याउनु पर्ने देखिन्छ । अर्को तर्फ सरकारी अनुदान राजतिनि सक्तिको आडमा पौरखिले नपाउने र अन्य द्रोसो ब्यक्तिले हात पार्ने समस्या माथी चनाखो हुनुपर्ने देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend