logo
  • मंगलबार, असोज १३ २०८३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई गुल्मीद्वारा वार्षिक समिक्षा सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी साउन ५ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई गुल्मीले वार्षिक समिक्षा सम्पन्न गरेको छ । कार्यक्रममा कार्यालयले सम्पादन गरेका सबै गतिविधिको समिक्षा गरिएको थियो । जिल्ला कार्यान्वयन इकाईका प्रमुख इन्जिनियर पारस पन्थीले जिल्लामा कार्यालयले गर्ने निजि आवास पुनर्निर्माण, भुकम्पबाट क्षति भएका बिधालयको पुनर्निर्माण, स्थानीय पुर्वाधार निर्माण, छुट तथा पुन स् जाँच सर्वेक्षण, जोखिम वस्ती स्थान्तरन तथा पुनर्निर्माण कार्यक्रम र गुम्बा पुनर्निर्माण कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख लक्षमन पराजुली, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, स्थानीय तहका प्रमुखरउपप्रमुख, जिल्ला सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालय एबम जिल्ला क्रियाकलाप संचारकर्मीको उपस्थिति रहेको थियो । गुल्मीमा ४१ सय ४४ जना पुनर्निर्माण लाभग्राही रहेका छन ।

त्यसमा ३९ सय ६४ जनाले प्रथम, २५ सय २४ जनाले दोर्सो र १५ सय २३ जनाले तेस्रो किस्ता लिएको कार्यालयको कम्प्युटर अपरेटर पार्वती खत्रीले बताइन । साथै ७७ जनाले एकमुष्ट अनुदान लिएका छन । त्यस्तै १ सय ९५ जना प्रवलीकरणका लाभग्राही मध्ये २६ जनाले पहिलो किस्ता लगेको खत्रीले जानकारी दिइन ।अहिले गुल्मीबाट गत असार १५ सम्म २६ सय ५० जनाको गुनासो सम्बोधन गर्दै घरको छुट तथा पुन स् जाँच सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ । जिल्ला कार्यान्वयन इकाई मार्फत जोखिमयुक्त वस्ति स्थान्तरन तथा पुनर्निर्माण अन्तरगत मदाने र धुर्कोट गाउपालिकाका ५० जनाको घर स्थान्तरन गरिदैछ ।

जसका लागि जग्गा खरिद गरिएको कार्यालय प्रमुख इन्जिनियर पारस पन्थीले बताए । त्यस्तै गुम्बा पुनर्निर्माण कार्यक्रममा रेसुङा नगरपालिका ६ को बिश्व शान्ति गुम्बाको लागि बजेट आएपनी प्रक्रिया नपुगेकाले फ्रीज भएको पन्थीले बताए । स्थानीय पुर्वाधार पुनर्निर्माण अन्तरगत पुर्तिघाट(फोक्सिङ सडक निर्माण भैरहेको कार्यालयले जनाएको छ ।

झन्डै साढे १२ करोडको लागतमा १२ ।३५ किलोमीटर सडकको ग्राभेलसम्मको काम भैरहेको प्रमुख पन्थीले बताए । त्यस्तै प्राधिकरणले जिल्ला आ।ब ०७५र०७६ मा ४३ वटा बिधालय र ३४ वटा शौचालयको पुनर्निर्माणको काम भैइरहेको छ । कार्यक्रममा सत्यवती गाउपालिका प्रमुख पारिश्वर ढकालले प्राधिकरणको स्पष्ट मापदण्ड नभएकाले थुप्रैले दुख पाएको गुनासो गरे ।

त्यस्तै चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्यालले पहिलो र दोस्रो किस्ता दिएर अन्तिम किस्तामा प्राधिकरणले भुकम्प पीडितलाइ दुख दिन नहुनेमा जोड दिइन । त्यस्तै रुरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिले प्राधिकरणको जिल्ला कार्यान्वयन इकाईले स्थानीय तहमा सूचनाको समन्वय गर्नुपर्ने बताए । त्यस्तै रेसुङा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले प्राधिकरणको नीतिमै समस्या भएकाले ठाउँ अनुसार प्राबिधिकहरुले बोल्दा र काम गर्दा नागरिकले सास्ती पाएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend