logo
  • शुक्रबार, असोज ९ २०८३

कल्पनाको ‘बाबाले किनदेको पछ्यौरी’ भिडियोमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी साउन ३।
हिन्दु महिलाहरुको तिज पर्व आउन झण्डै डेढ महिना वढि समय बाँकी छ । तर कालाकारहरुलाई भने तिज पर्व लागि सकेको छ । तिज सम्बन्धी गीतहरु रेकर्ड, भिडियो तयार गर्न कलाकाहरु व्यस्त छन् ।
यसै शिलशिलामा कलाकारहरु तिज सम्बन्धी गीतहरु सार्बजनिक गर्ने क्रम चलिरहेको छ । कलाकाहरुले तिजलाई केहिले पुरानै शैलीमा गीत सार्बजनिक गरेका छन् । तिजको बिशेष मौलीकलतालाई ख्याल राखेर वास्ताबिक तिजका बेदनाले समेटिएका गीतहरु सार्बजनिक हुने गरेका छन् ।

यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर गायिका एबं लोकप्रिय उद्घोशिका कल्पना कुसुमको ‘हाम्रा बाबाले किनदेको पछ्यौरी’ बोलको तिज गीत सार्बजनिक भएको छ । पछिल्लो केहि वर्ष यता लगातार तिज सम्बन्धी गीत सार्बजनिक गर्दै आएकी गायिका कुसुमले यसवर्ष पनि तिज बिशेष गीत सार्बजनिक गरेको बताउनु भयो ।

यस वर्ष सार्बजनिक गरेको गीतमा चेलीको बेदनाहरुले समेटीएको गीत सार्बजनिक गरेको उनले बताउनु भयो । तिज पर्वमा माइतीको सम्झना आएको कथा बस्तुहरु गीतमा समाबेश रहेको उनले बताइन् । तिज गीतमा खासगरि नारि बेदनाहरु समेटेर गाइने प्रचल रहेको छ ।

त्यसैलाई मध्यनजर राखेर गीत सार्बजनिक भएको गायिका कल्पनाले बताउनु भयो । गीतमा एउटी नारीका पिडाहरु समेटेर गीत तयार गरिएको उनको भनाई छ । आधुनिक गीतबाट सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायिका कल्पनाले लोक बिधाका गीतहरुमा पछिल्लो समयमा एल्बमहरु निकाल्ने गर्नु भएको छ ।

गीतमा गायिका कल्पनाको स्वर रहेको छ भने नारायण पाण्डेयको शब्द रहेको छ । इन्दिरा पाण्डेको संगीत संकन रहेको गीतमा अर्जुन पोखरेलको एरेन्ज रहेको छ । गीतमा टिका जैसी, डिलसारारानी खनालको अभिनय रहेको तिज गीत कल्पनाले आफनै युट्युव च्यानबाट सार्बजनिक गरेकी हुन् ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend