साझा नेटवर्क
काठमाण्डौ ।
गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम विहानी ४ को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ। विन्धवाशिनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त आयोजनामा काठमाडौँको नयाँ वानेश्वरस्थित इन्द्रणी ब्याक्वेटको हलमा आयोजित कार्यक्रमका बीच विमोचन गरिएको हो ।

गीतकार दिनेश अधिकारीको शब्द एंवसंगीतकार दीपक जंगमको संगीत रहेको जिस्काउथे म, उनी दंग पर्थिन बोलको गीतमा सुमन कुमार श्रेष्ठको एकल स्वर रहेको छ। दिनेश डिसीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक श्रेष्ठसहित केकी अधिकारी, महेश खड्का, दिनेश डिसी, विनोद परियार, अनुरोध अधिकारीलगायतको अभिनय रहेको छ।

नेपाली संगीत क्षेत्रका करिब ३ सयजना हस्तिहरुको विच आयोजित कार्यक्रममा गायक श्रेष्ठकी आमा सावित्रिदेवी श्रेष्ठ, संगीतकार दीपक जंगम, गीतकार दिनेश अधिकार र गायक श्रेष्ठले एकैसाथ संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए ।
ब्याकअप ब्याण्डको बाद्यवादनमा एकल प्रस्तुति दिएका सुमनकुमारले आप्mना लोकप्रिय गीतहरु टोपी लाए पनि हुन्छ, यो मन, खाएको कसमको लाज राख्नु है, मुटु चोरी लाने मायालगायतका आधा गीत प्रस्तुत गरिरहँदा दर्शकदीर्घामा रहेका रामकृष्ण ढकालदेखि रामचन्द्र काफ्ले, कुन्ति मोक्तानदेखि संगीतकार महेश खड्कासम्मले श्रेष्ठको स्वरको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा गीतकार राजेन्द्र थापाले श्रेष्ठको वायोग्राफि भिडियो सार्वजनिक गरेका थिए । विन्धवाशिनी म्युजिकको वजार व्यवस्थापन रहेको उक्त गीतको भिडियो युट्युवमा समेत सोही समयमा सार्वजनिक गरिएको थियो।
नेपालकै सबैभन्दा ठुलो मल्टि ब्राण्ड स्वरुम भनिएको विन्दु हार्डवेएर एण्ड सेनेटरीका प्रवन्ध निर्देशक रहेका श्रेष्ठ उक्त गीत लोकार्पण कार्यक्रममा भएको सहभागिता र उक्त गीतमा आएको प्रतिक्रियाले आफू अत्यन्त खुशी भएको बताए। श्रेष्ठको यो सातौँ गीती एल्बम हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend