logo
  • मंगलबार, असोज १३ २०८३

बडिगाडमा लोकसेवा तालिम सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ साउन १ ।
बडिगाड महिला तथा बालवालिका शसक्तिकरण केन्द्रको आयोजना तथा बडिगाड गाउँपालिकाको अािर्थक सहयोगमा सञ्चालित ५० दिने लोक सेवा तयारी कक्षाको आज एक कार्यक्रमका विच समापन गरिएको छ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले काम गर्नको लागी असम्भव केहि नभएको भन्दै सिकाइलाई सहि सदुपयोग गर्न सहभािगलाई आग्रह गर्नुभएको छ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले तालिमकै कारण निजामति सेवामा प्रवेश गर्न सघाउपुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। प्रशिक्षक समेत रहेका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले सहभागिलाई थप अध्ययन गर्न आग्रह गर्दै प्रथम पेपरमा नाम निकाल्ने सहभागिलाई थप सहजीकरण गर्ने बताउनु भएको थियो।

कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, वडा नं. ३ का अध्यक्ष खड्क पुन सहभागिको तर्फवाट माया केसि, गिता पोखरेलले बोल्नुभएको थियो। कार्यक्रम अध्यक्ष विना थापाको अध्यक्षता, भोला आचार्यको स्वागत मन्तव्य तथा सचिव माया केसिको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रत्येक वडा वाट ५ जनाको दरले ५० जनालाई सो कक्षा संचालन गरिएको हो। सो तालिमको लागी गाउँपालिकाबाट ४ लाख ३९ हजार ४०० खर्च गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend