साझा नेटवर्क
कमल पौडेल, बागलुङ साउन १ ।
बडिगाड स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा त्रिभुवन नमुना माध्यमिक विद्यालय खर्वाङले शिल्ड हात पारेको छ। असार २२ र २३ गते भएको गाउँपालिका स्तरीय विविध प्रतियोगिता, त्यसको छनौटमा भएको जिल्ला स्तरीय प्रतियोगीता र त्यसको पनि छनौटको आधारमा भएको प्रदेश स्तरीय प्रतियोगीतामा सहभागीता र उपलब्धीको आधारमा उत्कृष्ठ विद्यालय छनौटमा परेको हो।

जस अन्तरगत त्रिभुवन नमुना मावि खर्वाङ उत्कृष्ट, भानु मावि ग्वालीचौर प्रथम, खार मावि द्धितिय र बनस्पति मावि तृतिय भएका छन्। मंगलवार ग्वालीचौरमा एक कार्यक्रमका विच सो पुरस्कार तथा शिल्डको वितरण गरिएको हो।

कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले खेल राष्ट्र र स्वास्थ्यको लागी भएको भन्दै प्रतिभा प्रस्फुटनको वातावरण गाउँपालिकाले वनाउने वताउनु भएको छ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदी, वडा नं. ३ का अध्यक्ष खड्क पुन लगाएतले वोल्नुभएको थियो। सो पुरस्कार वितरण कार्यक्रम शिक्षा अधिकृत कृष्ण रेग्मीको अध्यक्षता तथा राजन पाइजाको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend