logo
  • मंगलबार, असोज १३ २०८३

स्वर्गीय ज्ञान बहादुर महतको सम्झनामा शोक सभा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी असार ३१ ।

नेकपा इस्मा गाउँपालिमा वडा न ६ वडा कमिटीको आयोजनामा शोक सभा सम्पन्न भएको छ । इस्मा गाउँपालिका वडा न ६ का ज्ञान बहादुर महतको ७८ बर्षमा असार २६ गते निधन भएको थियो ।महतको हृदयघातका कारण सहिद गगालाल हृदय रोग केन्द्र काठमाडौमा उपचार भैरहेको थियो । दिबङत ज्ञान बहादुर महत इस्मा गाउँपालिकाका योजना अधिकृत नारायण महत, रघुनाथ आदर्श बहुमुखी क्याम्पस कैलालीका उपप्रद्यापक झबिन्द्र महतका बुवा तथा फुलमती र केशरी महतका ससुरा बुवा हुन । शोक सभामा नेकपा गुल्मीका सचीव वीर बहादुर कार्की, जिल्ला समन्वय समिती प्रमुख तथा नेकपा जिल्ला कमिटी सदस्य लक्षमन पराजुली, इस्मा गाउँपालिका प्रमुख तथा नेकपा जिल्ला सदस्य लक्षमन बिष्ट, हिरा एसि, इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्री, जिल्ला समन्वय समिति सदस्य राम मल्ल ठकुरी, इस्मा गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु लगायतले स्वर्गीय महतको तस्वीरमा माल्यार्पन गर्दै शोक मन्तव्य व्यक्त गरे । सबै बोल्ने बक्ताहरुले ज्ञान बहादुर महतले समुदाय पुराएको योगदानको चर्चा गरेका थिए । उनी अम्मरपुरका करिब एक दर्जन सघ सस्थाको नेतृत्वमा रहेर काम गरिएकाअ थिए । नेकपा वडा कमिटी अध्यक्ष नारायण पराजुलीको अध्यक्षता रहेको शोक सभाको संचालन कृष्ण घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend