logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा विप्लवका २ जना बिद्यार्थी नेता पक्राउ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी असार ३० ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका २ जना बिद्यार्थी नेता पक्राउन परेका छन् । अनेरास्वुवियु ( क्रान्तिकारी ) का जिल्ला सचिव बिष्णु बिक र जिल्ला सदस्य राज खड्कालाई पक्राउ गरि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले जानकारी दिए ।

विद्यार्थीहरुले सोमबार तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयमा ब्यानर सहित खुल्ला कार्यक्रम गर्न लागेको अबस्थामा प्रहरीले पक्राउन गरेको बस्नेतले बताए । सरकारले प्रतिबन्ध लगाई रहेको बेला निकट विद्यार्थी संगठनका नेताहरु सदरमुकाम तम्घासको प्रहरी प्रशासन कै कोखमा आएर खुल्ला कार्यक्रम गर्न आएका थिए ।

बिद्यार्थी संगठनले गर्न लागेको कार्यक्रम स्थल जिल्ला प्रहरी कार्यालय देखि ३ सय मिटर दुरीको आडैमा रहेको छ । प्रहरीले नियन्त्रणमा लिएका २ जना बिद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालय गुल्मीम राखेर अनुसन्धा गरिने बस्नेतले बताए ।

संगठनका जिल्ला अध्यक्ष विकल्प खत्रीले पार्टीलाई प्रतिबन्ध लगाईए पनि विद्यार्थी शान्तिपुर्ण रुपमा पढ्न र संगठनको काम गर्न पाउनु पर्ने प्रतिकृया दिए । उनले पक्राउ परेका बिद्यार्थी नेतालाई तत्काल रिहाई गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend