logo
  • मंगलबार, असोज १३ २०८३

वर्षातले गुल्मीका एक दर्जन सडकमा बससेवा बन्द


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी असार २८ ।

अविरल वर्षाका कारण गुल्मीका एक दर्जन वढि सडकमा बससेवा बन्द भएको छ । वर्षातका कारण बाटो बिग्रीएसँगै जिल्लाका एक दर्जन सडकमा बस सेवा बन्द भएको पश्चिम नेपाल बस व्यवसायी समिति गुल्मीले जनाएको छ ।
जिल्लाको सदरमुकाम तम्घासबाट जिल्लाको इस्मा, अर्जै, सिमलटारी, पुर्कोटदह, पौदीअमराई, नेटा लगायतको स्थानमा पुग्ने कच्ची सडक बिग्रीएकाले सवारी साधन सञ्चालन बन्द भएका छन् । पानी पर्ने क्रम नरोकिएपछि तम्घासबाट छल्दी, सिमलटारी र मुसिकोटमा मात्रै बससेवा सुचारु भएको पश्चिम नेपाल बस व्यवसायी समिति गुल्मीले जनाएको छ ।
पानी बन्द भएको खण्डमा बस्तु र इस्मा बससेवा सुचारु गर्न सकिने पश्चिम नेपाल बस व्यवसायी समिति गुल्मीका नारायण पन्थीले बताए । पानी परेपछि गुल्मी यातायातबाट छुटने सवारी साधनहरु सिर्सेनी,नेटा दलिङ्ग, ह्वाङदी, छापहिले लगायतका स्थानहरुमा बन्द भएको गुल्मी यातायत व्यवसायी समिति गुल्मीका डोलबहादुर कुँवरले बताए ।अन्य स्थानमा शनिवारसम्म सवारी साधनहरु पुग्ने गरेको कुँवरले बताए । ग्रामीण भेगका कच्ची सड्क वर्षातको पानीले बगाउँदा सड्कमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सड्क जोखिम बनाएको छ ।
यता वर्षातले रुद्रवेणी–वामीटक्सार सडकखण्ड पटक पटक अवरुद्ध बन्ने गरेको छ । सत्यती गाउँपालिका अन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खस्ने र हटाउने क्रम चलिरहेको छ । पहिरोले सडक छिनमै खुल्ने बन्द हुने गर्ने गरेको छ ।
सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउनेलाई समेत समस्या भएको छ । जिल्लाको अन्य स्थानका धेरै साना कच्ची सडकहरु वर्षातको भेलले खाल्डा खुल्डी पारेपछि सडकमा बन्द हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend