logo
  • मंगलबार, असोज १३ २०८३

रेसुङ्गा बहुमुखी क्याम्पसको सञ्चालक समिति गठन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी असार २५ ।
गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसको सञ्चालक समिति गठन भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसको बुधवार ३४औं क्याम्पस सभाले सहमतीमा ११ सदस्यि सञ्चालक समिति गठन गरेको हो ।

समितिको सदस्यमा,राजेन्द्रप्रसाद श्रेष्ठ, दुर्गाप्रसाद पाण्डे,धर्म बिश्वकर्मा अर्जुनप्रसाद आचार्य, महेन्द्र भण्डारी, श्यामकुमार पाण्डेय, पूर्ण केसी, यज्ञप्रसाद पन्थी, हरिलाल न्यौपाने, बिष्णुप्रसाद पोखरेल, गंगादेवी पाण्डेय (सिता) चयन भएका हुन् ।

राजनितिक भाग बन्डाका आधारमा सहमती गरेर नयाँ सञ्चालन समिति चयन गरिएको हो । गत पुसमा क्याम्पसको वार्षिक उत्सव र क्याम्पस सभाले नयाँ कार्य समिति चयन गर्नुपर्ने भएपनि निर्वाचन समिति गठन गरेर समय माग गरिएको थियो ।

सञ्चालन समितिले पहिलो बैठकबाट अध्यक्ष पदका लागि एकल नाम त्रिभुवन बिश्व बिद्यालयमा सिफारिस गर्ने रेसुङ्गा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर खत्रीले बताए ।

सिफारिस नाम स्वीकृत भएरआएपछि समितिको पूर्णता हुनेछ । केहि महिना अघि क्याम्पसले क्यूएए मान्यता पनि पाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend