साझा नेटवर्क
सीता बि क,प्युठान असार २४ ।
झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन कलेज बिजुवारमा सुरु भएको तिन महिने अङ्ग्रेजी भाषा तथा आधारभुत कम्पयुटर कक्षा सम्पन्न भएको छ । एस इ इ र पलस टु दिएका बिध्यार्थीलाई लक्षित गरि सुरु भएको तालिमको सोमबार समापन गरिएको हो ।
कार्यक्रममा कलेजका कम्प्युटर प्रशिक्षक मदुसुधन पोख्रेलले तालिममा सिकेको कुराहरुलाइ व्यवहारमा उतार्नका लागि सुझाव दिए । त्यस्तै अङ्ग्रेजी भाषा बिज्ञ खिम बहादुर जि सि ले विगतको तुलनामा टेक्नोलोजीले ठुलो फड्को मारेको भन्दै अङ्ग्रेजी भाषा र कम्प्युटरमा पछि पर्ने मान्छेले प्रगती गर्न नसक्ने बताए ।
यस्तै कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले अङ्ग्रेजी भाषा र कम्युटर सम्बन्धी सिकेका कुरालाइ जग बनाएर रोजारीमा उभिन सुझाव दिए । सीप आर्जनका लागि लगानी ठुलो कुरा नहुने भन्दै त्यस लगानीले जिवनमा कति प्रभाव पार्यो भन्ने कुरा नै ठुलो हुने भएकाले आफ्नै ठाउँमा पनि रोजगार सम्भव भएको भन्दै सुरुमा आफुलाई निखार्न सुझाव समेत दिए । तिन महिने अवधिमा सिकेका कम्प्युटरका सिकाइहरुलाइ विचमै नछोड्न आग्रह पनि उनले गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend