logo
  • मंगलबार, असोज १३ २०८३

तिन तहको सरकार बिच सहकार्य अनिवार्य -मन्त्री पौडेल


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी असार १७ ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तिन तहको सरकार बिच सहकार्य अनिवार्य रहेको बताएकी छन् । संघ प्रदेश र स्थानिय तह बिच सहकार्य भए हामीले सोचेको समृद्धि सहजै प्राप्त हुन्छ उनको भनाइ छ ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र जिल्ला सहकारी संघ गुल्मीको संयोजनमा जिल्ला सदरमुकाम तम्घासमा आयोजना गरेको कोष परिचालन तथा व्यवसायिक सहकारीता अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले सहकारीले गरिबीको रेखामुनी रहेका जनताको लागि ठूलो राहतको कार्य गरेको बताइन । उनले गरिब जनताले दुई चार हजार ऋण लिनको निम्ति निकै ठूलो मुल्य चुकाएर ऋण लिनुपर्ने व्यवस्थाको मुक्त सहकारीले गराएको बताइन । मन्त्री पौडेलले एक जना व्यक्ति लगानी गर्ने गाउँका जमिनदारलाई रिजाएर ऋण लिएर व्याज तिर्नु पर्ने र व्याज सहित अतिरिक्त शुल्क तिरेर ऋण पाउनु पर्ने व्यवस्थाको अत्य सहकारीले गरेको बताइन ।
धेरै राम्रो सहकारीमा रहेको र केहि कम्जोरी पनि रहेकाले सच्चीन जरुरी रहेको मन्त्री पौडेलले बताइन । प्रदेश सरकारले यो वर्ष आफनै कानुन बनाउने वर्षको रुपमा लिएर ३८ वटा कानुन सर्वसम्वत बनाएको बताइन । प्रदेश सरकार कानुन र अबको बिकास कसरी गर्ने भन्ने बारे सबैको सहभागितामा पञ्च वर्षिय योजना बनाइएको बताइन । उनले प्रदेश नम्बर ५ सरकार समृद्ध प्रदेश बनाउनको निम्ति नेपाल भरिको भुवनोट यहिँ रहेकाले उपयोग गरे समृद्ध प्रदेश बनाउने कल्पना पुरा हुने बताइन । कार्यक्रममा प्रदेश सांसाद खड्गा केसी, रेसुङ्गा नगरपायिलका गुल्मीका नगर प्रमुख डिल्लीराज भुसाल,चिया तथा कफि बिकास बोर्डका निर्वतमान निर्देशक शेषकान्त गौतम,कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख अम्मराज शर्माले सहकारीको माध्यमबाट परिचालन भए छोटो समयमा देशलाई माथी उठाउन सकिने बताइन ।उनिहरुले सहकारी सहकारी कर्मी दरो भएर लाग्नु पर्नेमा जोड दिए । सहकारीले ऋण मात्रै परिचालन गर्ने, पैसा बचत गर्ने बानीको बिकास गर्ने, ऋण ल्याएर आफना कामहरु सम्पन्न गर्ने मात्रै काम सहकारीबाट भएकाले अब व्यवसयीक बन्नु पर्ने सबैको भनाई रहेको थियो ।

प्रदेश नम्बर ५ सरकार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सहकारी ऐन २०७६ लागुभएपछि सहकारी कर्मीहरुबाट प्रदेश भित्रका सबै जिल्लाहरुबाट सुझाव संकलन गरिरहेको मन्त्रालयमा सहकारी बिभाग प्रमुख नरहरी पन्थीले बताए । मन्त्रालयले सहकारी बिकास कोष कसरी अगाडी बढाउने यसको निर्देशिका नियावली कसरी बनाउने योजना अनुसार कार्यक्रम राखिएको पन्थीले बताए । कोष परिचालन तथा व्यवसायिक सहकारीता अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित प्रदेश र स्थानिय तह मातहतका ३५ वटा वढि सहकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुको सहकारी सम्बन्धीत सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend