logo
  • मंगलबार, असोज १३ २०८३

तुराङ्ग स्वास्थ्य चौकिको सामाजिक परीक्षण सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार १६ ।
चन्द्रकोट गाउँपालिका ८ मजुवास्थित तुराङ्ग स्वास्थ्य चौकिको सामाजिक परीक्षण सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग तथा गतिशिल जनचेतना अभियानको आयोजनामा सामाजिक परिक्षण सम्पन्न भएको हो ।

परिक्षणमा स्वास्थ्य चौकिबाट प्रदान गरिने सेवाको प्रभावकारिता, स्वास्थ्यकर्मीको व्यवहार, गाउँघर क्लिनिकको अवस्था तथा तिनीहरुको प्रभावकारीता लगायतका विषयमा छलफल गरिएको थियो । सेवाग्राहीले औषधी अभाव रहेको, स्वास्थ्य स्वयम् सेविकाको तलब कमी भएको, जनप्रतिनिधिले स्वास्थ्यचौकिलाई ध्यान नदिएको जस्ता विषयवस्तुहरु उठाएका थिए ।

स्थानीय माया अर्यालले स्वयम्सेविकाको काम धेरै हुने भएकोले उनीहरुलाई झोला, बाकस तथा छाताको व्यवस्था हुनुपर्ने बताइन् । त्यस्तै साविकको मजुवा गाविस १ की स्वयम्सेविका कमला अर्यालले आफ्नो वडामा अर्को स्वयम्सेविका राख्नुपर्ने बताईन ।

‘४८० घरधुरीलाई म एक्लैले सेवा दिनुपरेको छ ।’ उनले भनिन्, ‘अर्को पनि स्वयम्सेविकाको व्यवस्था गरेमा धेरै सहज हुने थियो ।’ अर्की स्थानीय विष्णु कडेलले सुत्केरी भएकी महिलाले समयमै सुत्केरी भत्ता नपाएको गुनासो गरिन् ।

उठेका प्रश्न तथा जिज्ञासाहरुको स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् वडाध्यक्ष नन्दराम अर्याल, जिल्ला समन्वय समिति सदस्य चेतन बस्नेत, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सन्तोष पुन, स्वास्थ्य चौकी प्रमुख चक्र बहादुर बस्नेत लगायतले जवाफ दिएका थिए ।

कार्यक्रम रेडियो स्काईकर्मी हुमाकान्त पोखरेल र गतिशिल जनचेतना अभियानका कार्यक्रम संयोजक भरत चन्दको सहजिकरणमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend