साझा नेटवर्क
प्रभा श्रेष्ठ,मेलबर्न असार १ ।
मेलबर्नमा समाजसेवीको रुपमा पहिचान कायम गर्नु भएका गौतम लामिछानेको आफ्नै लेखनमा निर्मित चलचित्र “मन त हो” को च्यारिटी शो एक समारोहका बीच आस्कट भेलमा सम्पन्न भएको छ । “A Home For Orphans and Abandoned Children” नारा रहेको सामाजिक संस्था बिरुवा नेपालको सहयोगार्थ आयोजित उक्त च्यारीटि शोमा मेलबर्नमा सकृय बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायत करिब १५० भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो ।
बिरुवा नेपालमा हाल २० जना बालबालिकाहरुले पठन पाठन लगायत लवाइ खुवाई र बसोबासको सुबिधा पाइरहेका छन् र यो क्रम बढ्दै जाने जानकारी दिनुहुदै उक्त शो कुनै नाफाका लागि नभै बिशुद्ध सामाजिक कार्यका लागि भएको जानकारी बिरुवा नेपालका संस्थापक गौतम लामिछानेले दिनु भयो ।
नाम जतिकै मन छुने चलचित्र बनेको र देश बिदेशमा रहेर पनि आफ्नो मातृभूमिका लागि बिभिन्न माध्यमवाट आफूले सक्दो केही गर्नुपर्छ भन्ने संदेश रहेको, अन्तरजातीय बिबाह, छुवाछुत प्रथाको अन्त्य, कुलत र कुसंस्कारको अन्त्य लगायत विदेश पलायनले देशले भोग्नु परेका समस्याहरु, हिमाल, पहाड र तराइ एकै ढिक्का मिले देशको बिकासमा जुट्न सफल हुने जस्ता संदेशहरु सम्प्रेषण गर्न चलचित्र सफल भएको उपस्थित दर्शकहरुले बताएका थिए । साथमा चलचित्रमा भएका सम्बादहरुले दर्शकहरुलाई मार्मिक बनाउनुका साथै केही दृश्यहरुमा रमाइलो अनुभब गराएको प्रस्ट देखिएको थियो । सुबाश लामिछानेको निर्देशन रहेको चलचित्रका गितहरु पनि उतिकै मन छुने खालको रहेको प्रतिकृया उपस्थित दर्शकहरुले दिएका थिए ।
समाजसेवी रंजन बैद्यले मन्तब्य ब्यक्त गर्ने क्रममा चलचित्रका साथै गौतम लामिछानेको सामाजिक कार्यप्रतिको झुकाबको मुक्त कण्ठले प्रसँशा गर्दै शुभकामना ब्यक्त गर्नु भयो । आफूले गौतमको यो सामाजिक कार्यप्रति ऎक्यबदता जनाउने बताउँदै सबैले आफ्नो तर्फवाट सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो उहाँले ।
पत्रकार निरु त्रिपाठीले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरुलाई बिरुवा नेपालका तर्फवाट संयुक्त रुपमा समाजसेवीद्धय गौतम लामिछाने र पद्मा पाण्डेले खुशी व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नु भएको थियो । समाजसेवी पद्मा पाण्डेले धन्यबाद ज्ञापन गर्नु हुँदै उपस्थित शाहअभागेएहरुलाई असार पन्ध्रको सुअबसरमा दहि चिउरा खुवाउन पाउँदा निकै खुसि लागेको बताउनु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend