साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असार १५।
गुल्मीमा अहिलेसम्म २५ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ । जिल्लामा धान खेतिको लागि कुल क्षेत्रफल १० हजार ४४० क्षेत्रफलमध्ये कुल दुई हजार ६१० क्षेत्रफलमा धान रोपाई भएको हो ।
चौरासी, अश्लेवा, ग्वादी, खज्र्याङ्ग, दम्का, सोता, आपचौर, वामी लगायतका क्षेत्रमा बढी मात्रामा धान खेति हुने गर्दछ । ती क्षेत्रहरुमा चन्दिना, सीएच् ४५९, खुमल ४, खुमल ६, मकवानपुर १ लगायतका उन्नत जातका धान लगाईने गरिन्छ ।
जिल्लामा हशंराज, आपझेत्ते, मार्सि काठेजिनुवा, जडन, जेठो बुढो लगायतका स्थानीय जातका पनि धान लगाईने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत सन बहादुर रानाले जानकारी दिए ।
जिल्लामा कुल खेतियोग्य जमिन ७५ हजार ४३.६ हेक्टर छ । जसमध्ये १० हजार ६२७ हेक्टर जमिन सिचिँत छ । उक्त क्षेत्रफलमध्ये चैते धान खेती हुने क्षेत्रफल ४८० हेक्टर र बर्षे धान उत्पादन हुने क्षेत्रफल नौ हजार ९६० हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रानाले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend