साझा नेटवर्क
रमेश गिरी,प्यूठान असार १५ ।
प्युठान नगरपालिकाकाे आयोजनामा १६ औं राष्ट्रिय धान दिवश तथा राेपाई महाेत्वस २०७६ आज प्युठान नगरपालिका वडा न. ४ टारीमा मनाईएकाे छ ।
“धान खेतीमा प्राविधि र यान्त्रिकरण,चामल अायातमा न्यूनिकरण ” भन्ने नारा सहित असार १५ गते देश व्यापी रूपमा मनाउने राष्ट्रिय कार्यक्रम अनुसार प्यूठानमा पनि आज मनाइएकाे हाे । उक्त कार्यक्रम बाेल्दै प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले हाम्राे नेपाली समाजमा अाधुनिक खेतीपाती नगरी विदेश पलायन हुने संस्कार बसाेकाेछ त्यस्ताे संस्कार हटाउन स्थानिय सरकार लागि पर्ने धारणा राख्नु भएकाे थियाे । स्वराेगगार कार्यक्रमले केही युवाहरू राेजगार प्रदान गरिएकाे छ भन्दै नगरपालिकाले किसानलाई अनुदानमा खेती गर्नकाे प्रयाेग हुने उपकरणहरू पनि वितरण गरेकाे जानकारी गराउनु भयाे ।
त्यस्तै उपप्रमुख शान्ता अाचार्यले हाम्राे परम्परागत मान्यतामा अाधारीत खेती गर्ने प्रमाणिातमा सुधार गरि प्रविधि तथा यान्त्रिकरणकाे प्रयाेग गरि व्यवसायी खेतीपाती गर्नु पर्ने धारण राख्नु भएकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend