साझा नेटवर्क
तिलाचन पाण्डे,गुल्मी असार १५ ।
५ नं प्रदेशको मुख्य मन्त्री ग्रामीण बिकास कार्यक्रम गुल्मीका तीन स्थानीय तहमा लागु भएको भएपनि यसको प्रभाब परिणममुखी भएको छैन ।
कालीगण्डकी गाउँपालिकाको खडगकोटमा आधुनिक प्रबिधिका औजार बितरण गर्दै प्रदेस सामाजिक बिकासमन्त्री शुर्दसन बराल ,
गुल्मी जिल्लाका तीन वटा गाउँपालिकामा आर्थिक सामाजिक सुचकका आधारमा कमजोर भएका गाउँपालिकाका समुदाय,घरपरिवार वा ब्याक्तिको गुणस्तरिय शिक्षा,स्वास्थ्य,रोजगारी आयआर्जनका अबसरहरु तथा सामाजिक संरक्षणका कार्यक्रम मार्फत जीबनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्य सहित कालिगण्डकी,मालिका र मदाने गाउँपालिकामा यो कार्यक्रम लागु भएको हो । उधेश्य अनसार कार्यक्रम नभई मालिका गाउँपालिकामा आएको ५० लाख,मदानेमा आएको ४६ लाख ८० हजार र कालीगण्डकीमा आएको प्रदेश सरकारबाटको ५० लाख रुपैयाँ सकिएको छ ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम संचालन कार्यबिधि २०७५ को परिच्छेद ३ को लक्षित समुहमा गरिबीको समस्याबाट आक्रान्त घरपरिवार,असाहय,जेष्ठ नागरिक,एकल महिला , बालबालिका र अपांगता भएका ब्याक्तिका घरपरिवार,दलित,पिछडीएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवार,कुनै प्रकोप तथा घटनाबाट घरबारबिहीन भएका परिवारमा यो कार्यक्रम संचालन हुने स्पस्ट लेखिएको छ तर त्य अनुसार कार्यक्रम संचालन नभई कार्यक्रमको मर्मलाई नबुझी १ करोण ४६ लाख ८० हजार रुपैयाँ परिणम मुखी कार्यक्रम नभई बालुवामा पानी खन्याए जस्तै भएको छ ।
कालीगण्डकी गाउँपालिकाको यो कार्यक्रम बिशेष गरी खडगकोटमा लागु भएको गाउँपालिकाले जनाएको छ । प्रदेशबाट आएको ५० लाखमा उसले खडगकोटका लागि १४ वटा बिधुतीय आरा , खडगकोट र अर्बेनीको भएकोटमा एक घर एक करेसाबारी संचालनका लागि ४ लाख , पलम्बिङ तालिम र मोवाइल बनाउने , खडगकोटमा बगुंर र बोका बितरण , तालिम स्वास्थ्य स्यंमसेबिकालाई झोला बितरण गरि कार्यक्रम सकिएको मुख्यमन्त्री कार्यक्रमका समाजसेबी सामाजिक कार्यकर्ता एबम खडगकोटका स्थानीय रामजी ढकालले बताए । टपरी बुन्ने मेसिन , बिरुवा लगाउन खाडल खन्ने मेसिन बितरण यसरी हेर्दा कालीगण्की गाउँपालिकाका गरिब , दलित , पछाडी परेका र असाहय एकल महिला र अपांगता भएका ब्याक्ति , जेष्ठ नागरिकको पहुँचमा कार्यक्रम नपुगेको पाइएको छ । गाउँपालिकाको वडा नं १ को गिदुवा , तुथुम, देउरालीको माथिल्लो भेग , अर्बेनीको भएकोट , बिसौना लगायत यसबाट दलित बस्तीहरुमा यो कार्यक्रम नपुगी पहुँचका आधारमा यो कार्यक्रम खडगकोटमा मात्रै लगिएको स्थानीयहरुले बताउदै आएका छन् । आगामी बर्ष नसमेटिएका भेगहरुलाई समेटेर लैजानै ढकालले दाबी गरे ।
यस्तै मालिका गाउँपालिकाले शिक्षाा स्वास्थ्य , कृषि लगायतका कार्यक्रममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । म केही दिन मात्र आएकाले मैले यही पाएको छु बास्तबिक कार्यक्रम म पनि अध्ययन नै गनुपर्दछ । यता मदाने गाउँपालिकाले भने बाख्रापालन , खोरनिर्माण बर्थिङ सेन्टर ब्यबस्थापन संगै मलागीरीमा साम्रगी खरिद , पुर्कोटदहमा बेबी वाार्मर खरिद , मलागीरी मै गर्भवती महिलाहरुको लागि अण्डा र र्हलिक्स बितरण , पुर माध्यमिक बिधालयमा स्वास्थ्य सचेतनाका कार्यक्रम , पशुस्वास्थ्य शिबिर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेश भण्डारीले जानकारी दिए ।
सुरुवाती बर्ष भएकाले कार्यक्रम सोचेअनुरुप भएन
मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम जिल्ला ब्यबस्थापन समितिका संयोजक एबंम जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यस बर्ष सुरुवाती कार्यक्रम भएकाले कार्यक्रम सोचेअनुसार गर्न नसकिएको बताए । पराजुलीले कतिपय पालिकाका योजनाहरु जेठ अन्तिम सम्म पनि परिमार्जन गर्नु परेको , मुर्त योजनाहरु बनाउन नसकिएको र कार्यबिधिमा पनि देखिएका अस्पस्टताका काराण् समस्या आएको भन्दै आगामी बर्ष परिमार्जन गर्दै यसल बर्षको सिकाइबाट देखिने गरि कार्यक्रम आउने दाबी गरे ।
कालीगण्डकी गाउँपालिकाको खडगकोटमा आधुनिक प्रबिधिका औजार बितरण गर्दै प्रदेस सामाजिक बिकासमन्त्री शुर्दसन बराल तस्बिर ः तिलाचन पाण्डे गुल्मी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend