logo
  • मंगलबार, असोज १३ २०८३

किवानिस क्लव अफ रुपन्देहीमा पंगेनी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

यमलाल भुसाल, बुटवल असार १५ ।
किवानिस क्लव अफ रुपन्देही लुम्बिनीको तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनवाट सुरज पंगेनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । सन २०१९/२० लागि भएको अबिधेशनमा प्रमोद थापा चुनिएका अध्यक्ष, कमल प्रसाद कंडेल उपाध्यक्ष अमानमान श्रेष्ठ सचिव मनोज आर्चाय कोषाध्यक्ष ,अमृत केसी सहसचिव, र नारायण बहादुर पौडेल सहकोषाध्यक्षमा चयन हुनु भएको छ ।

त्यसैगरि क्लवको सदस्य विस्तार संयोजकमा ईश्वरी प्रसाद पाण्डे, सह संयोजकमा गोविन्द भुसाल, पब्लिक रिलेसन संयोजकमा गोविन्द रेग्मी र सह संयोजकमा हिमलाल चापागाई चयन हुनु भएको छ ।

त्यस्तै शिक्षा तथा स्वास्थ्य संयोजकमा स्नेहालता थापा ,कोष वृद्धि समितिको संयोजकमा रोमनाथ गैरे, खेलकुद संयोजकमा अशोक दलार्मी र मनोरञ्जन समितिको संयोजकमा धन बहादुर गुरुङ चयन हुनु भएको छ ।

त्यस अघि दिपक भण्डारीको अध्यक्षतामा भएको सम्मेलनको किवानिस नेपाल प्रदेश पाँचका गर्भनर दिपेश शाहीले उदघाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend