साझा नेटवर्क
कमल पौडेल,बागलुङ असार १४ ।
६७ औं मदन भण्डारीको जन्म जयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) खर्वाङको आयोजनामा खर्वाङको कालिरह क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
सो कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य प्रदिप खरेलले जननेता मदन भण्डारीको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कमिटि सदस्य विना थापा,ढालेन्द्र शेरचन,गाउँकमिटि सदस्य विष्णु केसि,कृष्ण प्रसाद खरेल लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो अवसरमा पिपल,कुटमेरा,खन्यू,इपिलिपिल लगाएतका ५० विरुवा रोपण गरिएको थियो ।
कार्यक्रम वडा संगठन कमिटि अध्यक्ष खगिश्वर अर्याल (विष्णु) को अध्यक्षता,सचिव फारम थापाको स्वागत मन्तव्य तथा महलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend