logo
  • मंगलबार, असोज १३ २०८३

होटल व्यवसायी संघद्वारा स्थापना दिवसमा रक्तदान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बुटवल, असार १३ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २१ औं स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रमका साथ मनाईएको छ । संघले हरेक वर्ष स्थापना दिवसमा सामाजिक काम गदै आएकोमा शुक्रवार रक्तदान गरि यसवर्षको कार्यक्रम शुरु गरेको अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।

रक्तसंचारकेन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा १ सय ७५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक खुमराज ज्ञवालीले बताउनु भयो ।

त्यसैगरि संघले शनिवार बुटवलमा सरसफाई कार्यक्रम गर्ने र आईतवार स्थापना दिवसलाई भव्य समारोहका बीच मनाउन संघको सभाहलमा कार्यक्रम आयोजना गरिएको महासचिव माधव कुमार खनालले बताउनु भयो ।

सरसफाई कार्यक्रम बुटवलको ट्राफिकचोक देखि नयाँ बसपार्कसम्म विहान साँढे ७ वजे गरिने पनि संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend