logo
  • मंगलबार, असोज १३ २०८३

खोज पत्रकारीता तालिम बडिगाडमा सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ असार ९ ।
बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले पत्रकारलाई निडर भएर सत्यको पक्षमा कलम चलाउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा बडिगाड गाउँपालिकामा भएको खोज पत्रकारीता तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पाइजाले जे देख्यो त्यहि लेख्न पत्रकारलाई आग्रह गर्नुभएको हो।

कार्यक्रममा प्रशिक्षक समेत रहनुभएका खोज पत्रकारीता केन्द्रका सम्पादक शिव गाउँलेले सुसुचित समाजमा आलोचनात्मक चेत हुनुपर्ने बताउनु भएको छ। सो समापन कार्यक्रममा सहभागिको तर्फवाट नागरिक दैनिकका संगम घर्ति, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, रेडियो परिवर्तनका प्रवन्ध निर्देशक लोकेन्द्र निरासि, रेडियो सुभेच्छाका स्टेशन म्यानेजर सम्झना आचार्य लगाएतले बोल्नुभएको थियो।

समापन कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसको अध्यक्षता, सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो।

बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा जिल्लामा क्रियाशिल ३५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिमको खोज पत्रकारीता केन्द्रका सम्पादक शिव गाउँलेले सहजिकरण गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend