logo
  • मंगलबार, असोज १३ २०८३

महिलाहरुको क्षमता बिकासका लागि तालिम


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

तिलाचन पाण्डे,गुल्मी असार ५ ।

कालीगण्डकी गाउँपालिका महिला तथा बालबालिका शाखाले महिलाहरुको क्षमता बृद्धिका लागि नेतृत्व तथा संस्थागत क्षमता बिकास तालिम संचालन गरेको छ ।
कालीगण्डकी गाउँपालिका वडा नं चारका २० जना महिलाहरुका लागि क्षमता बृद्धि र नेतृत्व तथा संस्थागत क्षमता बिकासका लागि तालिमको आयोजना गरिएको महिला तथा बालबालिका शाखाले जनाएको छ । तालिमको उदघाटन गर्दै कालीगण्डकी गाउँपालिकाकी उपप्रमुख तारा थापाले क्षमता बृद्धि गर्न र स्वंयम नेतृत्व बिकासका लागि तालिमले ठुलो भूमिका निर्वाह गर्ने भएकाले तालिमलाई ब्यबहारमै परिणत गर्न आग्रह गर्नुभयो ।

महिलाको बिकास र महिलाहरुलाई आत्म निर्भर बनाउनका लागि गाउँपालिकाले आगामी बजेटमा ब्यबस्था गर्ने भन्दै तालिमलाई ब्यबहारमै लागु गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend