सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि काठमाडौंबासीले त्यसमा चित्त बुझाएनन् । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए । विभिन्न नारा लेखिएको ब्यानर र झाँकीसहित काठमाडौं,भक्तपुर,ललितपुर र काभ्रेका नेवार समुदाय माइतीघर आइपुगेका थिए । काठमाडौं उपत्यकाको बानेश्वर,बसन्तपुर,कुपण्डोल,पाटन,भक्तपुर लगायत शहरबाट निकालिएको जुलुस माइतीघरसम्म आएको थियो ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकमा निजी गुठी र सार्वजनिक गुठीलाई एउटै प्राधिकरण अन्तर्गत राख्ने उल्लेख गरेपछि काठमाडौंका गुठी सञ्चालकहरु आन्दोलनमा उत्रिएका थिए ।
