logo
  • मंगलबार, असोज १३ २०८३

शिसाखानीको तारञ्जामा जनप्रतिनिधिहरुलाई सम्मान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ असार २ ।
कञ्चनापुर आधारभुत विद्यालय बडिगाड गाउँपालिका वडा नं. ३ तारञ्जामा आज एक कार्यक्रमका विच छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरिएको छ। सोहि कार्यक्रममा वडा नं. ३ वाट निर्वाचित जनप्रतिनिहरुलाई सम्मान समेत गरिएको छ।

कार्यक्रममा वडा अध्यक्ष तथा वडिगाड गाउँपालिकाका सामाजिक तथा शिक्षा विभाग प्रमुख खड्क पुनले शैक्षिक गुणस्तर वृद्धिको लागी दरवन्दि मिलानको काम भैरहेको भन्दै अव विद्यार्थी भएर पनि शिक्षक नपाउने अवस्था नरहने वताउनु भएको छ।

साविक शिसाखानी गाविस भौगोलिक रुपमा विकट भएकोले विकासको लागी समस्या भएको तथा मोटरबाटोको पहुँच समेत नभएकोले पहिलो प्राथमिकता मोटरवाटोलाई राखेर काम गरेको जानकारी गराउनुभएको थियो।

सो कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका सदस्य दधिराम विक, शिक्षक अभिभावक संघका अध्यक्ष फुलमाया विक लगाएतले वोल्नुभएको थियो। सो अवसरमा छात्रा, दलित तथा अन्य गरि प्रतिविद्यार्थी ४ सयको दरले ९५ जना विद्यार्थीहरुलाई ३८ हजार वितरण गरिएको थियो।

कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष धन प्रसाद शेरचनको अध्यक्षता, शिक्षक मञ्जु घर्ति को स्वागत मन्तव्य तथा प्रधानाध्यापक पुनाराम गिरिको संचालनमा सम्पन्न भएको थियो।

अधिकांश दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा ३ दरवन्दि तथा १ सय २३ विद्यार्थी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend