साझा नेटवर्क
कमल पौडेल, बागलुङ असार २ ।
गल्कोट नगरपालिका वडा नं. ११ को शैक्षिक सुधारको लागी भन्दै वडा स्तरीय शिक्षा अनुगमन समितिको गठन गरिएको छ। वडा अध्यक्ष डम्बर वहादुर श्रीसको संयोजकत्वमा गठित समितिमा वडा सदस्य दल वहादुर वुढाथोकी, रत्न लक्ष्मी माविका प्रधानाध्यापक तुल वहादुर श्रीस, बालज्योती प्राविका प्रधानाध्यापक सिर्जना घर्ति, मनेवा आधारभुत विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष पूर्ण थापा रहनुभएको छ।
वडा कार्यालयको आयोजनामा भएको शिक्षा संग सरोकार राख्ने सरोकारवाला, प्रधानाध्यापक तथा अंग्रेजी शिक्षकहरुको सो भेलालले नारायण पौडेलको संयोजकत्वमा अंग्रेजी विषयगत शिक्षक समितिको पनी गठन गरेको छ।
जसको सदस्यहरुमा सिता भट्टराई, मनु सिँजाली, सोम मगर, ज्ञानु चालिसे, होम बहादुर श्रीस, खड्क वहादुर श्रीस, गिता पौडेल रहनुभएको छ। आगामी वर्ष देखि कक्षा १ देखि ३ सम्म दिवा खाजाको व्यावस्थापन गर्ने, वडा भर अंग्रेजी माध्यममलाई एक रुपता ल्याउने, शिक्षकहरुलाई मन्टेश्वरी तालिमको व्यावस्थापन गर्ने, सवै विषयका विषयगत समिति गठन गर्ने लगाएतका निर्णय गरेको छ।
जिल्ला समन्वय समितिका सदस्य रुपा विक सहित जनप्रतिनिधि सहितको सो भेला वडा अध्यक्ष डम्वर श्रीसको अध्यक्षता, वडा सदस्य दल वहादुर वुढाथोकीको स्वागत मन्तव्य तथा वडा सचिव डिल वहादुर श्रस्को सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend