logo
  • मंगलबार, असोज १३ २०८३

मुस्लिम समुदायको माग सम्बोधन हुन्छ-मेयर कक्षपति


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्यार अलि खाँन,प्यूठान असार १ ।
प्यूठान उपत्यकामा बसोबास गर्ने मुस्लिम समुदायले प्यूठान नगरपालिकामा शुक्रवार गुनासो लगेर गएका छन् । समुदायको हक हित र अधिकारका लागि मुस्लिम उत्थान सामुदायिक विकास संस्था गठन गरि उनिहरु संगठित भएका हुन् ।
संस्थाका अध्यक्ष मैमुदिन मिँयाको नेतृत्वमा गएको टोलीले मुस्लिम धर्म संस्कृति संरक्षणमा नगरपालिकाले आवस्यक सहयोग गर्नुपर्ने माग सहित नगरप्रमुख अर्जुनकुमार कक्षपतिलाई ध्यानाकर्षण गराईएको अध्यक्ष मिँयाले बताए । ‘अल्पसंख्यक समुदायको विकासमा पनि नगरपालिकाले ध्यान दिन पर्दछ ।’ मिँयाले भने, ‘कसैलाई काखा कसैलाई पाखा गर्न भएन ।’ मुस्लिम समुदायको सशक्तिरणमा अगामी बजेटले छुनुपर्ने मुस्लिम अगुवा जमालदिन मिँयाले बताए ।

नगरप्रमुख कक्षपतिले मुस्लिम समुदायका उचित माग तथा गुनासोहरुको सम्बोधन हुने बताए । बाग्दुुला बजारमा अस्थायी मदरसा स्थापना गरि उनिहरुले नमाज तथा जुमा पढ्दै आएका छन् । मदरसा (धार्मिक विद्यालय) स्थापना गरि विद्यालयको रुपमा विकास गर्न आवस्यक नरहेको भन्दै उनिहरुले नितान्त धर्मसंस्कृति संरक्षणमा नगरपालिका तथा मुस्लिम समुदायको संयुक्त सहकार्यमा मुस्लिम समुदायलाई प्रत्येक वर्ष बजेट व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् ।

मौलानाको (धर्म गुरु) खर्च, जग्गा भाडा तथा मसलन्द खर्च मासिक २८ हजार आउने गरेको र बाग्दुलामा व्यापार गरि बस्ने व्यापारीहरुबाटै रकम संकलन गरि व्यवस्थापन गर्दै आएको उनिहरुले बताएका छन् । जग्गा भाडामा लिई टहरा बनाई धार्मिक क्रियाकलाप गर्दै आएका मुस्लिम समुदायलाई नगरपालिकाको हालसम्म कुनैपनि कार्यक्रमले छुन नसकेको उनिहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend