साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं जेठ ३२ ।
नेपाली लोक संगीतको क्षेत्रमा पछिल्लो चरण नयाँ र फरक खालका गितहरु बजारमा सार्वजनिक भै रहदा चर्चित लोक तथा दोहोरी गायक रामचन्द्र चन्द र समिक्षा बि सि को ३ फुर्के डोरि सार्बजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच उक्त गित सार्बजनिक गरिएको हो । गीतमा गायक तथा निर्देशक हुम गैरेले शब्द तथा संगीत भरेका छन ।
प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहल मा रेकर्ड गरिएको उक्त गितमा चर्चित मोडल तथा निर्देशक शंकर बि सि र नायिका तथा मोडल अनु साह को उत्कृष्ट अभिनय रहेको छ । शंकर बि सि स्वयम् ले निर्देशन गरेको ३ फुर्के डोरिलाई राजेश घिमिरे ले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन ।
ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गितको अडियो तथा भिडियो शैली कृयसन प्रा लि को आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend