साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी जेठ २९ ।
रेसुङ्गा नगरपालिकामा नौ दिने ‘महिला क्षमता विकास तथा शसक्तिकरण तालिम’ सम्पन्न भएको छ । अमरकल्याण बहुउदेश्यीय सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिकाको आयोजना तथा ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

जेठ २४ गतेदेखि सुरु भएको तालिममा रेसुङ्गा नगरपालिकाका ९० जना महिलाहरुले सहभागिता जनाएका थिए । महिलाहरुलाई सामाजिक, राजनैतिक तथा आर्थिक हिसाबले सबल र सक्षम बनाउनका लागि उनीहरुलाई व्यक्तित्व विकास तथा शसक्तिकरणसम्बन्धी तालिम प्रदान गरिएको संस्थाकी व्यवस्थापक अन्जु पन्थीले जानकारी दिइन् ।
तालिममा सामाजिक कुरीति तथा महिला सचेतना, सामाजको सकारात्मक परिवर्तनको लागि महिलाहरुको भुमिका, महिला हक–हित र सूचना लगायतको बिषयमा जानकारी दिइएको छ । सहकारीको परिचय, सिद्धान्त र मुल्य मान्यताको बारेमा रेसुङ्गा नगरपालिकाका सहकारी प्रमुख गोपाल पन्थीले प्रशिक्षण दिएका थिए ।
पत्रकार गगां खड्काले महिला हिसां न्यूनिकरणका उपायका बारेमा तथा पत्रकार महासंघका सह–सचिव घनश्याम खरेलले नेतृत्व विकासमा महिलाहरुको क्षमता अभिवृद्धि तथा सकारात्मक सोचको बारेमा प्रशिक्षण दिएका थिए ।
रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले महिला सशक्तिकरण तथा महिला सचेतना र अधिवक्ता विष्णु बलालले महिलाहरुका लागि हक–अधिकार र न्यायोचित मार्गको बिषयमा प्रशिक्षण दिएका थिए ।
तालिमको समापन कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नारायण बरालको प्रमुख आतिथ्यता तथा रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी गौतमको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै दलित मुक्ति मोर्चा ५ नम्बर प्रदेश सदस्य सिता विक, रेसुङ्गा नगरपालिका नगरकार्यपालिका सदस्य लक्ष्मी पाण्डे, पत्रकार हुमाकान्त पोखरेल लगायतको पनि कार्यक्रममा आतिथ्यता रहेको थियो ।
कार्यक्रम सँस्थाकी अध्यक्ष गगां थापाको अध्यक्षता, उपाध्यक्ष रामकुमारी भट्टराईको स्वागत मन्तब्य तथा सचिव गिता पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend