logo
  • मंगलबार, असोज १३ २०८३

इटहरीका मेयरद्वारा अभिव्यक्ति फिर्ता


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,काठमाडौं जेठ २६ ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले ‘आफ्नो अभिव्यक्तिले सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाइ आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु,’  छन् । साथै उनले आफू उदण्ड प्रवृत्तिको व्यक्ति नभइ अनुशासित व्यक्ति रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको  छ ।
‘गएको जेठ २१ गते इटहरीका एक जना पत्रकार फेसबुक र फोनमार्फत आक्रोशपूर्ण ढंगले प्रस्तुत भएपछि आफू पनि आवेगमा आउँदा व्यक्त भएका भनाइहरुले उहाँ र सिंगो सञ्चार जगतमा पर्नको चोटप्रति दुःख प्रकट गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो सञ्चारजगत प्रति चोट पुर्याउने कुनै मनसाय नरहेको र प्रेस स्वतन्त्रता प्रति आफू प्रतिबद्ध रहेको पनि चौधरीले विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै मेयर चौधरीले इटहरीको समृद्धि र विकासमा सञ्चारजगतसहित सबैको साथ आवश्यक रहेको पनि बताएका छन । आफू भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको अभियानमा रहेको र यो अभियानमा सञ्चारजगको पनि रचनात्मक भूमिका अपरिहार्य रहेको भन्दै त्यसका निम्ति सहयोग र सहकार्य राख्न उनले सबैमा आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend