साझा नेटवर्क
अर्जुन खनाल, बुटवल श्रावन ०१।
रोजगारीको सिलसिलामा देश भन्दा बहिर र देशको विभिन्न कुनामा रहेर सामाजिक कार्यको लागि गुल्मीको पिपलधारा गाविसमा स्थापन भएको नवयुग युवा क्लबमा नया समिती चयन भएको छ ।
गुल्मीको जिल्लाको सदरमुकाम तम्घासबाट करीव २३ किलोमिटर पश्चिममा पर्ने पिपलधारा गाविस बिकासका हिसावले दुर्गम स्थान मानिन्छ । यो गा.वि स मा बिकासको लागी कुनैपनि राजनितिक दलको ध्यान त पुग्न सकेन तर अव कसैको मुख ताकेर बिकास होला भनेर वस्ने हो भने यो गा.वि.स बिकासको हिसाबले अझै पछि पर्छ कि भनेर रोजगारीको शिलसिलामा विदेश गएका र नेपालमा भएका युवाहरु एकजुट भएर सामाजिक क्लव ०७२ सालमा दर्ता गरेका थियो आफ्नो गाँउ आफै वनाऔ भन्ने नाराका साथ स्थापना भएको उक्त युवा क्लव पिपलधारा ३ र ४ ले पिपलधारा ४ थामाचौर विकाशको लागी भनेर डिम वहादुर महतको अध्यक्षतामा सस्था दर्ता गरेको थियो ।
पीपलधाराको सान थामाचौर पर्यटकिय सम्भावना वोकेको स्थान लाई प्रचार प्रसार गर्ने ,मन्दिर, प्रतिक्षालय आदि बनाउने उद्देश लिएर स्थापन भएको उक्त क्लबमा कृष्ण महतको नेतृत्वमा १७ जनाको नयाँ समिति गठन भएको हो ।जसमा उपाध्यक्ष राजेन्द्र बस्नेत र कोषराज थापा ,महासचिव गोबिन्द बस्नेत ,सचीव बिरेन्द्र केसी ,सहसचिव बाबुराम बिक ,कोषाध्यक्ष नवीन खत्री ,सह-कोषाध्यक्ष मेहर सिंह बस्नेत ,सदस्यहरु सकुन्तला महत,नारायण बस्नेत,कृष्णा बस्नेत ,सुर्य थापा ,बिक्रम महत, बिष्णु महत,वसन्त अधिकारी ,राजु थापा क्षत्री ,र भिम सागर रहेका छन ।
आफ्नो गाउँ ठाउँलाई पर्यटकीय गन्तव्य स्थल बनाउनकै निम्ति हाल काठमाडौमा रहे पनि सोही गाउँका समाजसेवी कमान सिंहँ खत्रीले ०७१/०७२ मा केन्द्रबाट सोर्ह (१६०००००)लाख बजेट पारित गर्न सफल भएका थिए भने आगामी बजेटमा पनि पुनः पहल गर्ने जानाकरी हामिलाई दिए । अर्को तिर हेर्ने हो भने बिदेशीएका पिपलधारे युवाहरुले समाजिक संजालमार्फत गठन गरेको पिपलधारा चौतारी बिश्व संजालले पनि गाउको बिकासको निम्ति एम्बुलेन्स हस्तान्तरण देखि लिएर विभिन्न सामाजिक कर्यमा अग्रसर देखिन्छ ।यसरी बिभिन्न क्लब र सस्थाहरुले गाउँ बिकासमा अग्रसर रहेमा देशको बिकास चाडै नहोला भन्न सकिन्न जुन उदाहरण पिपलधारा बासी स्वयम छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend