साझा नेटवर्क
सीता बि.क,प्युठान जेठ २१ ।
मासिक रुपमा लिइने विद्यार्थीको उपलब्धि मापन गरि उत्कृष्ट हुनेलाई एक कार्यक्रम सहित पुरस्कार बितरण गरिएको छ । कलेजमा अध्यनरत अङ्ग्रेजी भाषा र कम्प्युटर कक्षामा उत्कृष्ट हुने बिध्यार्थिलाई सम्मान गर्दै पुरस्कार बितरण गरिएको हो। 
पुरस्कार बितरण गर्दै कलेजका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले जिल्लामा उद्यमशिलताको क्षेत्रमा सिटिइभिटीबाट मान्यता प्राप्त एक मात्र कलेज झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन प्युठान ले युवालाई विभिन्न सीप प्रदान गरि रोजगारी प्रदान गर्दै आएको बताउनुभयो । बिज्ञान ,प्रबिधि र सीप लाई देशका हरेक युवा सामु लैजाने उदेश्यले विभिन्न सीप बिकास सम्बन्धि प्राबिधिक शिक्षामा कक्षाहरु सञ्चालन गरिएको उहाँको भनाई छ । अङ्ग्रेजी भाषाका प्रशिक्षक तथा अङ्ग्रेजी भाषा बिज्ञ खिम बहादुर जि सि ले अङ्ग्रेजी भाषा नहुदा ठगिने,ह्युमिलियटेड हुनु पर्ने,अङ्ग्रेजी भाषा नहुदा दुख पाउने,झञझटिलो हुने,तनाब हुने र हैरानि खेप्नुपर्ने बाध्यता नहुने बताउनुभयो । पछिल्लो समय यता छरिएर रहेको अबसर सदुपयोगका लागि अङ्रेजि भाषा निकै महत्वपूर्ण भएको उहाँको भनाई थियो ।
नेपाल जस्तो गरिब मुलुकमा प्रबिधिलाई सहि सदुपयोग र प्रयोग कर्ताले प्रयोग गर्न नजानेको कारणले गर्दा प्रबिधिको ज्ञानबाट युवापिढी बञ्चीत हुनुपरेको ठुकुवा गर्दै अबको समय कम्प्युटरको समय भएकाले कम्प्युटर विषय तर्फ बिध्यार्थिको ध्यान पुग्न अनिवार्य रहेको कलेजका कम्प्युटर प्रशिक्षक मधुसूदन पोख्रेलले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend